विहीबारदेखि टेलिकमले शतप्रतिशत बोनस दिने


काठमाडौं, १२ चैत । कोभिड–१९ को जो खिम रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले घरबाट ननिस्कन आदेश जारी गरेको सन्दर्भमा नेपाल टेलिकमले मोबाइल सेवाको प्रयोगलाई सहज तुल्याउन रिचार्जमा शतप्रतिशत बोनस घोषणा गरेको छ ।

टेलिकम प्रवक्ता राजेश जोशीद्वारा आज जारी प्रेस विज्ञप्तिमा उक्त व्यवस्था भोलि बिहीबारदेखि ७ दिनका लागि लागू हुनेछ । टेलिकमको जीएसएम तथा सिडिएमएको प्रिपेड तथा पोस्टपेड सेवामा रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा रिचार्ज गरेको रकमको शतप्रतिशत बराबर बोनसको रूपमा प्राप्त हुनेछ ।

बोनस रकमबाट टेलिकमको नम्बरमा कल गर्न, एसएमएस पठाउन तथा डाटा प्रयोग गर्न सकिन्छ भने ब्यालेन्स ट्रान्सफर गर्न वा प्याकेज खरिद गर्न वा गिफ्ट पठाउन भने सकिने छैन ।

रिचार्ज कार्ड प्रयोग गरी रु ५० र रु १०० को रिचार्ज गर्दा प्राप्त हुने वोनस रकम २ दिन भित्र खपत गरिसक्नु पर्छ भने रु २०० र रु ५०० को रिचार्जमा प्राप्त हुने बोनस रकम ४ दिनभित्र खपत गरिसक्नु पर्नेछ । टेलिकमका अनुसार, रु १००० को रिचार्जमा प्राप्त हुने बोनस रकम ६ दिनभित्र खपत गरिसक्नु पर्नेछ ।

एमपोस वा विद्युतीय रिचार्जअन्तर्गत रु १० देखि रु ९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस २ दिनभित्र, रु १०० देखि रु ४९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस ४ दिन भित्र र रु ५०० देखि रु ९९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस ८ दिनभित्र खपत गर्नुपर्नेछ ।

रु १००० वा सो भन्दा माथिको रिचार्जमा प्राप्त हुने वोनस १० दिनभित्र खपत गरिसक्नु पर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
भित्रियो ढल र मङ्गल सफा गर्ने प्रविधि

ललितपुर । ललितपुर जिल्लामा जिटिङ, रोडिङ एन्ड ग्र्याबिङ नामक नयाँ प्रविधि भित्रिएको छ

चीनले मंगलबार बीडीएस–३ भूउपग्रह प्रक्षेपण गर्दै

बेइजिङ, असार १ । चीलने मंगलबार बीडीएस–३ भूउपग्रह प्रक्षेपण गर्ने भएको छ। बेडाउन

अब ट्वीटरमा पनि फेसबुक स्टोरीजस्तै ‘फ्लिट्स’ फिचर

एजेन्सी । ट्वीटरले फेसबुक र इन्स्टाग्रामको स्टोरीजस्तै फिचर ल्याएको छ। बिजनेस स्ट्यान्डर्डका अनुसार ट्वीटरले

अनलाइन मिडिया आममानिसकाे पहिलो राेजाइमा

सुशील दर्नाल काठमाडौँ, जेठ १७ गते । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न सरकारले

अनलाईन टिभी