fbpx

निषेधाज्ञाको दोश्रो दिन – धनकुटाको अवस्था सामान्य


धनकुटा खबर, चैत १२ । विश्वभर महामा,रीको रुपमा फैलिरहेको कोरोना भाईस सं,क्रमणवाट सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यलय धनकुटाले जारी गरेको निषेधाज्ञा अनुसार आज दोश्रो दिन जिल्लाको अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यलय धनकुटाले जनाएको छ ।

प्रशासनको यो कदमलाई सर्वसाधारण मानिसहरुले सहज रुपमा साथ दिएको जिल्ला प्रशासन कार्यलय धनकुटाका सूचना अधिकारी जयराम श्रेष्ठले जानकारी दिनुभयो ।

कोरोना भाईरस सं,क्रमणवाट सूरक्षित र सर्तक रहनका लागि अव के गर्ने भन्ने वारेमा जिल्ला विपत व्यवस्थापन समितिको वैठक वसी विभिन्न निर्णयहरु पनि गरिएको वताउनुभयो । जिल्ला समन्वय समितिका संयोजक टंक चौहानको अध्यक्षतामा वसेको वैठकले यसअघि औद्योगिक ग्राममा वनाईएको क्वारेन्टाईन सञ्चालन वारेमा छलफल गरेको छ ।

जसका लागि यसको भौतिक व्यवस्थापन पक्ष नेपाल आर्मी,उपचार व्यवस्थापन जिल्ला अस्पताल धनकुटाका प्रमुख पुजन विश्वकर्मा र सम्पूर्ण व्यवस्थापनको काम स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले हेर्ने निर्णय भएको सूचना अधिकारी श्रेष्ठले वताउनुभयो ।

यसैवीच धनकुटा जिल्लामा अहिले अन्य देशहरुवाट हालै नेपाल फर्किएका १४ जना व्यक्ति अहिले होम क्वारेन्टाईनमा रहेको उहाँले जानकारी दिनुभयो । साथै कोरोना सं,क्रमित युवती नेपाल फर्किएको कतार एयरवेजको जहाजवाटै आएका धनकुटा चौविसे गाउँपालिका ५ का दिपक भण्डारी अन्तै वसाई सरेको पाईएको पनि सूचना अधिकारी श्रेष्ठले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
धनकुटाको व्यापारिक केन्द्र हिलेमा बजार अनुगमन गर्दै मास्क, सेनिटाईजर, पञ्जा वितरण

धनकुटा खबर, चैत १८ । धनकुटा जिल्लाको व्यापारिक केन्द्र हिलेबजारमा आज धनकुटा उद्योग

धनकुटाको पाख्रीबासस्थित सामुदायिक वनमा ड,ढेलो – ठूलो क्ष,तिहुनबाट ब,चाए युबाहरुले

धनकुटा खबर, चैत १८ । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ३ र ४

पाख्रीवास-४ वडाका पदाधिकारीको एक महिनाको तलव मजदुरलाई

धनकुटा खबर, चैत १८ । धनकुटाको पाख्रीवास नगरपालिका ४ नं वडा समितिका पदाधिकारीहरुले

धनकुटाको पाख्रीवासका विपन्न २० घरपरिवारलाई राहात

धनकुटा खबर, चैत १८ । धनकुटाको पाख्रीवास नगरपालिका ४ कैलाशनाथ युथ क्लवले आज

अनलाईन टिभी