घर बाहिर हुने कहाँ बस्ने सरकार ?


ओम प्रकाश निरौला । कोरोनाको महामा,रीसगै यो रोग बाट ब,च्न नेपाल सरकारले सबै नागरिकलाई अत्यावश्यक काम बाहेक घरमै बस्ने आग्रह तथा निर्देशन दिएको छ । अन्तराष्ट्रिय तथा आन्तरिक उडानहरु बन्द छन् । साथै अत्यावश्यक बाहेक सबै कार्यालय तथा कलकारखानाहरु बन्द रहेको स्थिति छ । यो आफैमा स्वागत योग्य कदम हो ।

यो घोषणा गरेसँगै सरकारले गर्नुपर्ने मुख्य कार्य भनेको कोरोना सं,क्रमण लागेका ब्याक्तिहरुलाई पहिचान गर्ने उनीहरुसगँ स,म्पर्कमा रहेका ब्याक्तिहरुको पहिचान गरि परिक्षण गर्ने र विरामीलाई आवाश्यक उपचार गर्ने ब्यवस्था मिलाउने हो ।

बर्तमान परिस्थितिबाट राज्यलाई आर्थिक तथा अन्य क्षेत्रमा हुने असरलाई कम गर्ने कार्यमा जुट्नु एकातर्फ उचीत छ भने अर्कोतिर घर बाहिर रहेका आफ्ना नागरिकहरुलाई उनीहरुको चाहाना अनुसार आ आफ्नो घर वा सहज हुने ठाँउमा पुर्याउनु पनि उत्तिकै जरुरी छ ।

घर बाहिर रहेका नागरिकहरुलाई घरमा पुर्याउनका लागि सर्वप्रथम घर बाहिर हुने हरुको लगत राख्नु पर्ने हुन्छ । घर बाहिर दुइ प्रकारका नागरिकहरु छन् । एउटा आन्तरिक रुपमा देश भित्र भएर पनि आफ्नो घर भन्दा टाढा रहेका र अर्को देश बाहिर रहेका । देश भित्र रहेका नागरिकलाई पनि घरमा फर्किने ब्यवस्था गर्न जरुरी छ भने देश बाहिर रहेका नागरिकहरु जो देशमा फर्कन चाहान्छन् उनीहरुलाई पनि देशमा फर्काउनु पर्छ ।

भारतमा रोजगारी गर्न गएका नागरिक फर्कन चाहान्छन् भने उनीहरुलाई पनि देशमा आउन दिनुपर्छ बरु आवाश्यकता अनुरुप क्वारेन्टाइनमा राख्ने ब्यवस्था गर्नुपर्छ । देशमा नै आउन पाउदैन भन्न कसरी पाइन्छ ? कुन नैतिकताले दिन्छ ? समस्यामा पर्दा देश चाहिने होइन । राजनैतिक परिवर्तन देखि आर्थिक परिवर्तनका लागि योगदान गरेका नागरिकलाई उतै बस भनेर पन्छिन मिल्छ ?

भारत बाहेकका रोजगारी गर्न खाडि क्षेत्रमा गएका नागरिकको पनि आफ्नै समस्या छन् । कम्पनी ब,न्द भएका छन् । कम्पनी ब,न्द भएपछि कम्पनीले तलब दिइराख्छ भन्ने केही ग्यारेन्टी छैन । अलि अलि भको पैसाले अब त्याहाको महंगी कसरी धान्ने ? केही समयमा भो,कभोकै रहने स्थिति आउछ । उतै बसीहाल्छन् भनेर सरकारले नजरअन्दाज गर्न मिल्छ यस्तो विषयमा ?

अमेरिका तथा यूरोपिका विभिन्न देशहरुले आफ्ना नागरिकहरुलाई ध,माधम देशमा लगिरहेको छ । अमेरिकामा त्यस्तो महामा,री छ तथापी नेपालबाट आफ्ना नागरिकलाई उसले भर्खरै मात्र लग्यो । नेपालले आफ्ना नागरिकहरुका बारेमा अहिले नै सोच्न जरुरी छ ।

क्वारेन्टाइन त सार्वजनिक कार्यालयहरुलाई बनाएर पनि राख्न सकिन्छ । नेपाल सरकार सगँ विमान चार्टड गर्ने पैसा नभए सम्बन्धीत देशबाट नेपाल फर्कन चाहाने नेपाली नागरिक आफैले पनि विमानको भाडा तिर्न सक्छन् । नेपाल सरकारले सामान्य पहल मात्र लिने हो भने जो जहाँ जहाँ छन् उनीहरु आ आफ्नै पैसामा घर फर्कन सक्छन् चाहे ती देशभित्र भएर घर बाहिर भएका हुन् वा देश बाहिर रहेका हुन् ।

यसकारण यो विषयमा सरकारलाई दवाव दिन आम नागरिकले पनि केही सोच्ने हो की ? बेलैमा सोच्न नसके परिणाम गम्भिर पनि हुन सक्छ । यो महामा,रीबाट बच्न भौतिक दुरी कायम गर्न आवाश्यक छ तर जानीनजानी आम मानिसहरु बीचमा सामाजिक दुरी कायम गर्ने काम भइरहेको छ । यो ब,न्द गरेर हरेक नागरिकले जीवन जीउन पाउने हकको सु,निश्चित गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस
कोरोना कहर – समाजवादका मान्यता स्थापित गर्ने अवसर

ओमप्रकाश निरौला । नेपालमा समाजवादी ब्यवस्थाका केही आधारभूत मान्यताहरु स्थापित गर्नका लागि कोरोनाले

पूर्वराजालाई पत्रकार बानियाँको चिठी,- चौरासी व्य,ञ्जन न,पचेर भुँडी फु,ट्ने नेताभन्दा तपाइँ प्यारो लाग्न थाल्यो

काठमाडौं । कोरोनाभाइरस (कोभिड १९) सं,क्रमण हुन नदिन सरकारले ९ दिनदेखि ल,कडाउन लगाएको

ओलीलाई ढु,कुटी सक्यो भन्ने कां,ग्रेसीले जवाफ दिनुपर्छ – देउवाका छोरा-छोरी कुन देशमा छन ?

वि.स. २०४८ सालमा झापा क्षेत्र नम्बर ६ देखि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए

आफ्नैबाट जो,गिनुहोस् – प्रधानमन्त्री ओलीलाई खुलापत्र

सम्माननीय प्रधानमन्त्रीज्यू, नमस्कार । प्रथमतः देशसेवालाई नै आफ्नो स्वास्थ्य ठान्ने तपाईंको सफलता र

अनलाईन टिभी