कोरोना कहर – समाजवादका मान्यता स्थापित गर्ने अवसर


ओमप्रकाश निरौला । नेपालमा समाजवादी ब्यवस्थाका केही आधारभूत मान्यताहरु स्थापित गर्नका लागि कोरोनाले सृजना गरेको परिस्थिति एउटा सुनौलो अवसर हुन सक्दछ ।

अहिले कोरोनाका कारणले मानिसहरुलाई घरबाट बाहिर निस्कन प्र,तिबन्धित गरिएको अवस्थामा सरकार माथी अनेकौ चु,नौतिहरु आइपरेका छन् । चिकीत्साबिज्ञान सगँ सम्बन्धित चु,नौतीलाई छाड्ने हो भने सबैभन्दा ठूलो चुनौति भनेको जनतालाई चाहिने खाद्मान्न लगायत अत्यावश्यक बस्तुहरु जनताको घरदैलोमा पुर्याउनु हो ।

अब एक त अत्यावश्यक बस्तुहरु सरकारको मातहतमा छैन, दोश्रो बजार सरकारको नि,यन्त्रणमा छैन, अब यस्तो अवस्थामा त्यस्ता बस्तुहरुको सहज वितरण कसरी संभव छ त ? त्यस्ता बस्तुहरु सरकारको मातहतमा थिए भने ब्यापारीहरुले अत्यधिक मूल्य बृद्धी गराउन सक्ने थिएनन् । अब यो अबस्था आउनुको पछाडिको सैद्धान्तिक कारण भनेको पुजीवादी राज्य ब्यवस्था हुनु नै हो जसमा बजार सरकारको नियन्त्रणमा नभएर पुजीपतिहरुको नियन्त्रणमा हुन्छ ।

बजार पुजिपतिहरुको नियन्त्रणमा हुनु वा खुल्ला बजार हुनुको एउटा मुख्य बेफाइदा भनेको असहज परिस्थिति सृजना हुनासाथ ब्यापारीहरुले सर्वसाधारणमाथी लु,ट म,च्चाउछन् र अहिले ब्यापारीहरुले त्यही आफ्नो धर्म निभाइरहेका छन् । यसको विकल्प के हुन्छ त? यदि सरकार मातहतमा बजार हुन्थ्यो भने कालोबजारी गर्न संभव हुदैनथ्यो ।

अब प्रश्न उठ्छ के यो ब्यवस्थाको विकल्प छैन त ? अवस्य छ । पुजीवादी ब्यवस्थाको विकल्प त समाजवादी ब्यवस्था हो । समाजवादी ब्यवस्थामा राजनीति, अर्थ लगायत बस्तुको उत्पादन तथा वितरण सरकारको मातहत वा पूर्ण नियन्त्रणमा हुन्छ । अब अहिले यदि खाद्मान्न लगायत अत्यावश्यक बस्तुहरु सरकारको नियन्त्रणमा हुन्थ्यो भने जनताका घरदैलोमा सहज रुपमा बस्तुहरु पुर्याउन सकिन्थ्यो । बस्तुको वितरण मात्र पनि सरकारले गरिरहेको अवस्था थियो भने पनि अहिले यस्तो असहज परिस्थिति आउने थिएन ।

यसको एउटा सानो उदाहरणका रुपमा नेपाल खाद्म संस्थानलाई लिन सकिन्छ । अहिले नेपाल खाद्म संस्थानले चामल, इन्डक्सन चुलो लगाएत सामाग्रीहरुको विक्री गरिरहेको छ । अहिले जति सुकै माग बढेपनि यसले यी सामानहरु लुकाएर कालो बजारी गरेको छैन । तथ्यगत रुपमा यो लेखमा प्रस्तुत गर्न खोजिएको कुरा के हो भने समाजवादी ब्यवस्थाका आधारभूत केही मान्यता मात्र स्थापित गर्दै लैजाने हो भने जनताका समस्याहरुलाई विस्तारै सहज तरिकाले हल गर्न पनि सकिन्छ र अहिले देखिएको असमानता छ यो पनि विस्तारै घट्दै जान्छ ।

चीन जस्तो देशले त आगामी ३० वर्ष सम्ममा समाजवादमा जाने भनेको परिप्रेक्षमा अहिले नै नेपाल समाजवादी ब्यवस्थामा जान त संभव छैन तथापी यसका आधारभूत मान्यता स्थापित गर्दै लैजान सक्ने अवस्था छ । कोरोनाले स्वास्थ्य क्षेत्रमा उब्जाएका प्रश्न, नीजी मेडिकल कलेज र अस्पतालको ब्यवहार, अहिलेको कालो बजारी र मूल्यबृद्धी आदि विषयले यो कुरा छ,र्लङ्ग पार्दिएको छ ।

अत्यावश्यक बस्तुको वितरण गर्नका लागि एउटा विशेष सं,यन्त्र निर्माण गर्ने र बस्तुहरु हालको बजार मुल्यमा नियन्त्रणमा लिने, जनताको सेवा गर्न अलमल गर्ने नीजी मेडिकल संस्थालाई सरकारीकरण गर्दै लैजाने, र विस्तारै बस्तुको उत्पादनतर्फ पनि अग्रसर हुने हो भने समाजवादका आधारभूत मान्यताहरु स्थापित गर्न सकिन्छ । कालान्तरमा यसले समाजवादी ब्यवस्था स्थापित गर्न सघाउछ ।

यही अवस्थामा कम्यूनिष्ट पार्टीको सरकार रहेको, नेपालको संविधानले पनि समाजवाद उन्मुख ब्यवस्थालाई स्विकार गरेको र नेपालका सबै मुख्य पाटीहरुको आदर्श समाजवाद भएको अवस्थामा अहिलेको अवस्थालाई अवसरका रुपमा लिइ समाजवादका केही आधारभूत मान्यताहरु स्थापित गर्दै लैजान आवाश्यक र संभव छ । संघ, प्रदेश तथा स्थानीय सरकारका कार्यकारी पदमा रहेका र सरकार चलाउने पाटीका उच्च तहका नेतृत्वले यो कुरा मनन गर्न जरुरी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
राजनीतिक तथा सामाजिक आन्दोलनका अथक योद्वा एवं जिउँदो ईतिहास भद्रमान घले

धनकुटा ।  राजनीतिक संघर्ष, आन्दोलन, परिवर्तन, जातीय विभेद तथा छुवाछुत विरुद्वको सामाजिक मुक्ति

पूर्वराजालाई पत्रकार बानियाँको चिठी,- चौरासी व्य,ञ्जन न,पचेर भुँडी फु,ट्ने नेताभन्दा तपाइँ प्यारो लाग्न थाल्यो

काठमाडौं । कोरोनाभाइरस (कोभिड १९) सं,क्रमण हुन नदिन सरकारले ९ दिनदेखि ल,कडाउन लगाएको

घर बाहिर हुने कहाँ बस्ने सरकार ?

ओम प्रकाश निरौला । कोरोनाको महामा,रीसगै यो रोग बाट ब,च्न नेपाल सरकारले सबै

ओलीलाई ढु,कुटी सक्यो भन्ने कां,ग्रेसीले जवाफ दिनुपर्छ – देउवाका छोरा-छोरी कुन देशमा छन ?

वि.स. २०४८ सालमा झापा क्षेत्र नम्बर ६ देखि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए

अनलाईन टिभी