प्रदेश १ को कोरोना जनसुर,क्षा कोषमा १२ करोड ३६ लाख जम्मा


विराटनगर, २६ चैत । प्रदेश १ को कोरोना जनसुर,क्षा कोषमा १२ करोड ३६ लाख ९५ हजार ९ सय ८४ रुपैयाँ जम्मा भएको छ ।

सरकारको खातामा बुधबार भाटभटेनी सुपर मार्केटको तर्फबाट रु. २५ लाख प्रदान गरिएको छ । विराटनगरको भाटभटेनीका प्रबन्धक सरिता राईले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई बुधबार चेक हस्तान्तरण गरेकी हुन । त्यस्तै जिल्ला सहकारी संघ लिमिटेड मोरङले ५ लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ हस्तान्तरण गरेको छ ।

कोरोना भा,इरसको रो,कथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले कोषको स्थापना गरेको हो । राष्ट्रिय वाणिज्य बैङ्क विराटनगर शाखाको कोरोना जनसुर,क्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकम जम्मा गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

सरकारले प्रदेश सरकारको कोषमा रकम दाखिला गर्दा गर्नेको नाम, ठेगाना स्पष्ट उल्लेख गरी बैंक दाखिला गरेको आवश्यक विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई इमेल गरी पठाउन आग्रह गरेको छ ।

कोषमा बैंक, संघसंस्था, उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका दाताबाट सहयोग जुट्ने क्रम जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
तिब्बत सरकारले प्रदेश १ लाई ठूलो मात्रामा स्वास्थ्य सामाग्री उपलब्ध गरायो

विराटनगर । प्रदेश १ सरकारलाई चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले ठुलो मात्रामा स्वास्थ्य

धनकुटालाई २ अर्व २७ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन

धनकुटा खबर । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक बर्ष २०७७ र ०७८ का

भोजपुरमा फौजी किराको प्रकोपले मकैबाली नष्ट

भोजपुर, १७ जेठ । फौजी किराको प्रकोपले मकैबाली नष्ट भएपछि भोजपुरका किसान चिन्तित

अधिकांश उद्योगीले दिएनन् चैतको पारिश्रमिक

अशोक घिमिरे काठमाडौँ, जेठ १४ गते । कोभिड–१९ स,ङ्क्रमणको जो,खिम कम गर्न सरकारले