नेपालमा एकैदिन १० जनामा देखियो कोरोना – सं,क्रमितको संख्या ६९ पुग्यो


काठमाडौं । मुलुकमा आइतबार एकैदिन १० जनामा कोरोना भाइरस सं,क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार नेपालगञ्जमा ९ र पर्सामा १ गरी १० जनामा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले पर्साको वीरगञ्ज महानगरपालिकामा ३६ वर्षीय पुरुष तथा नेपालगञ्जका ५ पुरुष तथा ४ जना महिलामा सं,क्रमण पोजेटिभ देखिएको हो । उनीहरु ७ वर्षदेखि ५८ वर्ष उमेर समूहसम्मका छन् । यो सँगै नेपालमा सं,क्रमितको संख्या ६९ पुगेको छ । सं,क्रमित सबैको स्थास्थ्य अवस्था सामान्य रहेको छ ।

हाल विराटनगरमा ३१ र वीरगञ्जमा ९ जना उपचाररत रहेका छन् । नेपालगञ्जमा आइतबार सं,क्रमण देखिएका ९ सहित १० जनाको उपचार भइरहेको छ । यसैगरी रुपन्देही, धनगढी र भरतपुरमा १-१ जना उपचाररत रहेका छन् । १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । उपत्यकामा ४ र बाहिर ७३ गरी ७७ जना सम्भावित सं,क्रमित आइसोलेसनमा रहेका छन् ।

आइतबारसम्म १३ हजार ४ सय १४ पिसिआर र ४९ हजार ६ सय ८८ वटा आरडिटी परीक्षण भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७९ वटा परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो ।

प्रदेश नम्बर १ मा ५ हजार ४ सय ९९, प्रदेश नम्बर २ मा ५ हजार ७ सय ९ र बागमती प्रदेशमा ८ हजार ५ सय १५ जनाको आरडिटी परीक्षण भएको छ । यसैगरी गण्डकी प्रदेशमा ५ हजार ८ सय ३४, प्रदेश नम्बर ५ मा ४ हजार ४ सय ९२, कर्णाली प्रदेशमा ५ हजार ५ सय ६७ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ७२ जनाको आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो ।

अहिले देशभरीका क्वारेन्टाइनमा २१ हजार ९ सय ५१ जना रहेका छन् । प्रदेश नम्बर १ मा २ हजार ६ सय १८, प्रदेश नम्बर २ मा १ हजार ३ सय ३७, बागमती प्रदेशमा ४ सय ४० जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै गण्डकी प्रदेशमा ६ सय २६, प्रदेश नम्बर ५ मा १० हजार ६ सय ६७, कर्णाली प्रदेशमा ३ हजार ७८ र सुदूरपश्चिम प्रदेशमा ३ हजार १ सय ८५ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
क्वारेन्टाइन नै कोरोना उत्पादनको केन्द्र बन्ने सम्भावना

दैलेख, १९ जेठ । कोरोना सं,क्रमणको दर बढ्दै गएसँगै चुनौती पनि बढ्दै गएको

कालिमाटीका २१६ प्रहरीको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौँ, जेठ १७ गते। काठमाडौँको महानगरीय प्रहरी वृत्त कालिमाटी र त्यस आसपास सुरक्षामा

कोरोना भा इरसबाट विश्वमा ६० लाख ३५ हजार सं क्रमित

जेनेभा, स्वट्जरल्याण्ड जेठ १७ गते । कोरोना भा,इरस (कोभिड १९) बाट विश्वभर मृ,त्यु

कैलालीका सात स्थानीय तह मिलेर अस्पताल सञ्चालन गर्दै

लम्की, जेठ १७ गते । कैलालीका पूर्वी क्षेत्रका स्थानीय तह टीकापुरमा अस्थायी कोरोना

अनलाईन टिभी