धनकुटामा कोरोना संक्रमण बढेसँगै हिलेमा कडाई


धनकुटा खबर, जेष्ठ ७ । धनकुटामा कोरोना संक्रमण बढेसँगै धनकुटा नगरपालिकाको १ नं वडा हिले बजार सहित आसपासका वस्तिमा लकडाउनलाई थप प्रभावकारी वनाउन विभिन्न निर्णय गरिएको छ ।

१ नं वडाध्यक्ष निरेन तामाङ सहित विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनीधि वीच आज वसेको वैठकले त्यस्तो निर्णय गरेको हो । जसअनुसार हिले वजारका पसलहरु विहान ९ वजे सम्म मात्र खुल्ने,हिलेमा एम्वुलेन्स रोक्न नदिने,स्थानिय सवारी साधन पनि चल्न नदिने, होटलमा डिस्पोजल सामाग्रीको प्रयोग गरि त्यसको व्यवस्थापन गर्ने,तरकारी पसलहरु विहान ९ वजे सम्म र अपराहन्न ४ देखी ६ वजे सम्म खोल्ने, खाद्यान्न सामाग्री ल्याईएको गाडीहरको लोड अनलोड मध्यन्न १२ देखी दिउँसो ३ वजे सम्म मात्र गर्न पाउने,निर्माण प्रयोजनका लागि हिले बजारबाट बजार वाहिर वा अन्य जिल्ला लगिने सामाग्रीको लोड अनलोड वेलुकी ७ देखी विहान ५ वजे सम्म मात्र गर्न पाईने छ ।

त्यस्तै विदेश र वाहिर जिल्लाबाट आएकाहरुलाई क्वारेन्टाईनमा वस्न अनुरोध गर्ने,आफ्नो घर,टोल,छिमेकका व्यक्तिहरुको स्वास्थ्य स्थितीको वारेमा जानकारी लिने र सम्वन्धित निकायमा सूचना दिने,वाहिरबाट आएका सवारी साधन रोक्न निषेध गर्ने, यदी रोक्नु पर्ने भए सवारीसाधनवाट मानिस आर्लिन नदिइने, कोभिड १९ को पिसिआर जाँच आवश्यक्ता र प्राथामिक्ताको आधारमा वडा कार्यलयम ागर्न पहल गर्ने उद्योग वाणिज्य संघ, होटल एशोसिएसन, वितरक संघ, बजार व्यवस्थापन समिति, प्रहरी प्रशासन र जनप्रतिनीधि सवैले आ आफ्नो जिम्मेवारी पालना गर्ने गराउने पनि निर्णय भएको वडाध्यक्ष तामाङले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
धनकुटा नगरपालिका-३ का कृषकलाई पानी जम्मा गर्ने हिल टंकी वितरण

धनकुटा खबर, जेष्ठ १९ । धनकुटा नगरपालिका वडा नम्बर ३ कृषकहरुलाई आज पानी

सल्भ लघुवित्तद्वारा आर्थिक सहयोग

धनकुटा खबर, १९ जेठ । सल्भ लघुवित्त शाखा कार्यालय लेगुवाले भोजपुरको अरुण गाउँपालिका

धनकुटा र हिलेका ३ सय बढी घरधनीले घरभाडा मि,नाहा गरे

धनकुटा खबर । धनकुटा उद्योग बाणिज्य संघले सञ्चालन गरेको घर भाडा मिनाहा अभियान

धनकुटाको चुलिबनमा तेजपात लगायतका बिरुवा रोपियो

धनकुटा खबर । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले वृक्ष रोपण गर्दै आफ्नो २५

अनलाईन टिभी