भर्चुअल तेक्वान्दोमा नेपाललाई दुई स्वर्ण


काठमाडौँ, जेठ २७ गते । भर्चुअल तेक्वान्दोतर्फ अन्तर्राष्ट्रिय पुम्से च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण पदक जितेको छ । प्रतियोगितामा नेपालका लक्ष्मण ऐर र दावा शेर्पाले स्वर्ण जितेका हुन् ।

युएस वेस्ट कोस्ट तेक्वान्दो सङ्घ, पोर्टल्यान्ड, अमेरिकाको तत्वावधान र पान अमेरिकन तेक्वान्दो युनियन, पोर्टल्यान्डद्वारा आयोजित प्रतियोगितामा नेपालका सस्मिता केसी र अर्जुन तामाङले रजत तथा रेशमाया गुरुङले कास्य पदक जिते ।

उक्त प्रतियोगितामा नेपालका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गरेका थिए । तेह्र सदस्सीय निर्णायक मण्डलमा एसियाबाट खड्का एक्लो निर्णायक रहेको नेपाल तेक्वान्दो सङ्घले जनाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस
धनकुटामा नेपाल खुकुरी मार्सल आर्टको जिल्ला कार्यसमिति गठन

धनकुटा खबर । धनकुटामा बिहीबार १३ सदस्यीय नेपाल खुकुरी मार्सल आर्ट काे जिल्ला

धनकुटाका खेलाडीलाई फिफाको सहयोग

धनकुटा खबर । अखिल नेपाल फूटबल संघ एन्फाको पहलमा धनकुटाका फुटबल खेलाडी, प्रशिक्षक,

राखेपद्वारा लामा र गिरीलाई क्यान सदस्यमा सिफारिस

काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले छुम्बी लामा र धर्मराज गिरीलाई नेपाल

हिले क्याम्पसमा मैत्रीपूर्ण फुटवल

धनकुटा खबर, चैत ५ । धनकुटा १ हिलेको हिले क्याम्पसमा आज कक्षा १२

अनलाईन टिभी