प्रवक्ता श्रेष्ठले भने,- प्रचण्डद्वारा प्रधानमन्त्री ओलीको राजीनामा मागिएकोे समाचार गलत


काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीको राजीनामा मागेको भनी समाचार आएकोबारे पत्रकारको प्रश्नमा प्रवक्ता नारायणकाजी श्रेष्ठले राजीनामाको कुरा नआएको स्पष्ट गरे । नेता श्रेष्ठले भने “बैठकमा सरकार र पार्टीबारे विभिन्न कुराहरु भएको छ । छलफल जारी छ । यसबीचमा अध्यक्षका बीचमा छलफल हुन्छ । आवश्यकतानुसार सचिवालय बस्छ र आवश्यतानुसार स्थायी कमिटीले संश्लेषण गर्छ । राजीनामाका बारेमा कुरा भएको होइन ।”

निर्वाचन आयोगमा नयाँ पार्टीका रुपमा नेकपा (एमाले) नामक पार्टी दर्ता गर्न आवेदन दिएको भन्ने सम्बन्धमा नेकपाको कुनै पार्टी या नेता संलग्न छ-छैन भन्ने विषयमा बैठकमा जानकारी मागिएको थियो । झापाका सन्ध्या तिवारीको नेतृत्वमा उक्त दल दर्ताको निवेदन परेको जनाइएको छ ।

यही असार १० गते शुरु भएको स्थायी कमिटीको बैठक असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्ती र १५ गते राष्ट्रिय धान दिवसका कारण स्थगन भएको थियो । यसअघि नेपालको सीमा अतिक्रमण र सीमासम्बन्धी रहेको कार्यसूचीमाथिको छलफलमा जारी रहेको थियो ।

कोभिड–१९ को सङ्क्रमण, रोकथाम, नियन्त्रण, उपचार र त्यससँग सम्बन्धित पक्षका बारेमा छलफल हुनेछ । त्यसपछि सरकार तथा पार्टीको काम कारवाहीको विषयमा प्रवेश हुनेछ । बैठकमा सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र साङ्गठनिक एकताका बाँकी काम सम्पन्न गर्ने, अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० र विविध कार्यसूचीमा छन् ।

यस्तै कार्यसूचीको विविधमा रुकुमपश्चिममा गत जेठ १० मा भएको मानवताविरोधी घटना, नागरिकतासम्बन्धी विधेयक, सङ्घीय सांसदको भत्ताका विषय राखिएको छ । स्थायी कमिटीको अर्को बैठक भोलि बुधबार ११ बजे बस्नेछ ।रासस

प्रतिक्रिया दिनुहोस
सवारी स्वस्थता परीक्षण गर्ने उपकरण पुनः सञ्चालनमा ल्याउने तयारी

काठमाडौं, एक दशकभन्दा पहिले जडान भएर पनि अझै पूर्णरूपमा सञ्चालनमा आउन नसकेको सवारी

नेपाल र चीनबीचको सहकार्यले आर्थिक विकासमा रुपान्तरण गर्नेछ : राष्ट्रपति भण्डारी

काठमाडौँ, कात्तिक ४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले सीमा वारपार रेलवे, सडक तथा

मन्त्रिपरिषद् कार्यालयको कामलाई प्रभावकारी बनाउनका उपप्रधानमन्त्री पोखरेलले छलफल सुरु गरे

काठमाडौं, कार्तिक ४ उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कामलाई प्रभावकारी बनाउनका

प्रस्तावित राजदूत डा खतिवडा र रेग्मीविरुद्ध चार उजुरी

काठमाडौँ । संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यका लागि प्रस्तावित नेपाली राजदूतविरुद्ध सङ्घीय

अनलाईन टिभी