कोरोनासँग ल’ड्न नेपाललाई एडीबीको ३६ करोड सहयोग


काठमाडौं, १७ असार । एसियाली विकास बैंक (एडीबी)ले कोभिड १९ को महामारीविरुद्ध लड्न नेपाल सरकारलाई ३६ करोड रुपैयाँ अनुदानस्वरुप उपलब्ध गराउने भएको छ।

एडीबीले एसिया प्रशान्त विपत् प्रतिकार्य कोषबाट नेपाललाई उक्त रकम उपलब्ध गराउने स्वीकृति गएराति गरेको यहाँस्थित उक्त बैंकको देशीय कार्यालयले जनाएको छ ।

जापान सरकारद्वारा कोषमा दाखिला भएको उक्त रकम सीमाक्षेत्रस्थित क्‍वारेन्टिनको सुधार तथा प्रभावकारी व्यवस्थापन, प्रयोगशाला र चिकित्सा उपकरण, औषधि एवं सङ्क्रमण नियन्त्रण सामग्री खरिदका निम्ति प्रदान गरिएको हो ।

यसअघि पनि एडीबीले तीन करोड ६० लाख रुपैयाँ स्वास्थ्यकर्मी तथा कोरोनाविरुद्ध अग्रपङ्क्तिमा रहेर खटिएकाहरुलाई आपतलीन स्वास्थ्य सामग्री खरिद गर्न प्रदान गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस
ट्राफिक प्रहरी धनकुटाले संकलन गर्यो ६७ लाख बढी राजश्व !

धनकुटा खबर । गएको आर्थिक वर्ष २०७६/७७ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले

दिनहुँ नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य, यस्तो छ आजको बजार भाऊ

काठमाडौं । सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ पुगेको छ । आज तोलामा

ऋण चुक्ताका लागि मानसिक दबाब नदिन आग्रह

पोखरा । कोभिड–१९ को महामारीसँगै नेपालमा जारी बन्दाबन्दीका कारण पर्यटन क्षेत्र प्रभावित भएको

बैंकलाई ‘ब्रोकर लाइसेन्स’ दिन सुझाव

काठमाडौँ । मुलुकको धितोपत्र बजारलाई थप प्रभावकारी र अन्तर्राष्ट्रियस्तरको बनाउने लक्ष्यसाथ संसद्को अर्थ

अनलाईन टिभी