धनकुटा हिलेका वडाध्यक्ष भन्छन- सि,हंदरबारको अधिकार प्र,त्याभुत हुनेगरी सेवा-सुविधा दिएका छौं


धनकुटा जिल्लाको धनकुटा नगरपालिका पूर्वीनेपालको सुन्दर नगरी हो । धनकुटा राणाकालदेखि नै पुरानो इतिहास बोकेको नगर हो । यस अघि आठ वटा वडारहेको नगर अहिले १० वटा वडा रहेको छ । त्यस्तै गरी जिल्लाको सात वटा स्थानिय तहहरु मध्य धनकुटा नगरपालिकाको १ नम्वर वडा हिले ६० वटा वडा मध्य यो वडा जनसंख्याको आधारमा ठूलो वडा मानिन्छ । प्रदेश नं १ कै पर्यटन विकासको अत्यन्तै ठूलो सम्भावना बोकेको वडा पनि हो ।

वडाको पारिवारीक आम्दानीको स्रोत भनेको कृषि व्यवसाय र व्यापार, सेवामुलक व्यवसाय, नोकरीको साथै बैदेशिक रोजगारी रहेको छ । यस वडामा तत्कालीन नेकपा एमालेबाट वडा अध्यक्षमा निरेन तामाङ निर्बाचित भएका थिए ।

निरन तामाङ स्कुल क्याम्पस देखि नै राजनैतिक क्षेत्रमा सक्रिय रुपमा सहभागि हुदै अन्य विभिन्न निजि सामाजिक संघ संस्थामा पनि सक्रिय सहभागिता भइ सामाजिक कार्यमा लागेका थिए । जननिर्वाचित भएपछि उनले गरेका प्रमुख काम तथा उपलब्धि, चुनौतिको विषयमा धनकुटा खबरका लागि निरन तामाङसंग मानविले गरेको कुराकानीः

तपाइको ३ वर्षको कार्यकाल कस्तो रहयो कसरी बिताउनु भयो ?

यति बेला हामी यो राष्ट्रलाई निरकुस सामान्ति शासन प्रणालिको अधेरो काल खण्डबाट जनताकै प्रतिनिधिबाट राज्य सञ्चालन गर्न संघिय लोकतान्त्रिक गणतन्त्र उज्यालो युगमा पुर्याउन हामी उज्यालो युग ल्याउनको निम्ति नेपालको संबिधान र संघिय शासन प्रणालिमा तहगत सरकारहरुमा धनकुटा नगरपालिका पनि स्थानिय सरकारको रुपमा रहेको छ । र हामी ले २०७४ साल देखि कार्यभार ग्रहण गरी कार्यथालनी गरेको ३ वर्ष पुरा भइसकेको छ ।

यो अबधिमा हामीले स्थानिय सरकार सञ्चालन ऐन २०७४ अन्तरगत थुप्रै कामहरु गरीसकेका छौं यो संग सगै संबिधानले दिएका अधिकारहरु त्यस्मा दिएका ऐनकानुन बनाउने कुराहरु देखि लिएर अन्य विकासका गतिबिधिहरु पुरा गर्ने कुरामा हामी लागि रहेकाछौं ।

त्यसै सन्दर्भमा हामीले धनकुटानगरपालिकामा स्थानिय सरकारको रुपमा संस्थागत विकास गर्दै लैजानका लागि २६ वटा कनुनहरु तर्जुमा गरी लागु गरीसकेकाछौं । त्यसैगरी त्यहि कानुनलाई टेकेर स्थानिय सरकार सञ्चालनका निम्ति हीमिले प्रयत्न गरीरहेका छौं र बिकासका कार्यहरु पनि यहि ढंगले अगाडि बढाइरहेको अबस्था छ ।

अब निर्वाचनको समयमा जनता सामुगरेका चुनावी नाराहरु प्रतिवद्धताहरु कति पूरा भए कति बाँकी छन् ?
हामी जुन बेला निर्वाचन होमिरहेका थिउ त्यो बेला जनतालाई शुसासन कायम गर्ने , विकास गर्ने र जनतालाई सहज ढंगले अगाडी बढ्ने र सरकार आफ्नै घरदैलोमा आइपुगेको अनुभुति दिलाउनका निम्ति थुप्रै कुराहरु को चुनावी नाराहरु घोषणा पत्र मा उल्लेख गरेका थिउ , ती घोषणा पत्रमा उल्लेख गरेका थुप्रै कुराहरु शिक्षाको कुराहरु,स्वास्थ्यका कुराहरु, पर्यटनका कुराहरु , कृषिका कुराहरु ती सबै कुराहरु पुरा गर्नका लागि अगाढि बढिरहदा यती बेला हामीले घोषणा पत्रमा भएका ७० प्रतिशत कामहरु पुरा भइसकेको मलाइ लाग्छ , अरु बाँकि ३० प्रतिशत कामलाई अबको दुइ बर्ष भित्र पुरा गछौं ।

अहिले सम्म के कस्ता चुनौतिहरु आए काम गरिरहदा कस्तो महसुस गर्नु भयो ?
जननिर्बाचित हरुले याँहा काम गरीरहदा शुसासन कायम गर्ने कुरा देखि लिएर विकासका कार्यहरु गर्ने कार्यमा केहि अपठ्यारा केहि गाह्राहरु केहि चै समस्याहरु आउने नै भए किनभने जनताले अपेक्क्षा गर्ने भनेको याहाँको स्थानिय सरकार याहाँका जनप्रतिनिधिहरुसग ठूलै अपेक्क्षा गरीरहेको स्थिति छ, त्यो बिचमा हामिचई केहो भन्दाखेरी स्थानिय जनप्रतिनिधि २० वर्ष पछाडि मात्रै स्थानिय निर्वाचन भएको हुनाले २० वर्ष अघि देखि थाति रहेका विकासका कामहरु शुसासनका कामहरु देखि लिएर जनताको थुप्रै समस्याहरु थातिरहेको कुरालाई हामिले यो ३ वर्ष भित्रमा गर्न पर्ने जनताको अपेक्षा थियो ।

ती कतिपय कुराहरु लाई गर्ननसकेको कुराहरु उहाँहरुले यस्लाइ चई २० वर्ष देखि थाति रहेका कुराहरुलाई तत्कालाई पुरा गर्ने अपेक्क्षा राख्दा खेरी कतिपए कुरारु पुरा गर्न नसक्ने स्थिति पनि रह्यो होला त्यति बेला केहि समस्या भएका कुरालाई उहाँहरु ले पटक पटक उठाँउने गर्नु भएको छ ।

त्यस्ता कुराहरुलाई हामीले सहज रुपमा छलफल वार्ता द्धरा समाधान गर्ने ढंगले हामीले गरी रहेका छौं । विकासका कुराहरुमा पनि केहि कुराहरु थुप्रै अफठ्याराहरु थिए जस्तै, हिले बजार १५ मिटर बाटो बढाउनु पर्ने क्लियर गर्नु पर्ने त्यस्कालागि घरहरु भत्काउनु पर्ने कुरा, ढल बनाउने कुराहरुमा केहि अबरोधहरु नआएको होइन आएका हुन तर पनि हामि जनप्रतिनिधिहरुले उहाँ हरुलाई सम्झाउने बुझाउने प्रयत्नका साथ ती कामहरु आज सफल हुदै गइरहेको छ ती काम पुराहुने छ । र जनताले अपेक्षा गरेअनुरुपको कामहरु छिटै पुरा गर्नेछौं । विकासका कामहरुमा सबै एकजुट भयर लाग्नु पर्छ भनेर सम्झाइ रहेकाछौं र त्यस्तौ अफ्ठ्यारो गाह्रो मइले खासै महसुस गरेको छैन् ।

नागरीकहरुले तपाइले काम गरीरहदा सिहंदरबारको अधिकार घर घरमा पाएको महसुस गरेको छ कि छैन् ?
मलाई के लाग्छ भने पक्कै पनि हाम्रा नेपाली जनताहरुले अहिले जुनखालको हामिले सरकार सञ्चालन गरिरहेका छौं ,जुनखालका सेवा दिइरहेकाछौं, ती हिसाबले हेर्दा खेरि पक्कै पनि हिजो शिहंदरबारमा धाउनु पर्ने कतिपय विकासका कामहरु गर्नलाई काठ्माडौ जानुपर्ने , एकिकृत शासन व्यवस्था भइरहेको अबस्थामा अहिले को बिकेन्द्रि कृत शासन व्यवस्थामा वडातहबाट नै सम्पूर्ण कामहरु प्रशसनिक कामहरु भइरहेको अवस्थामा आज मलाई लाग्छ यि घरमै बसेर विकासका काम प्रशासनिक कामहरु सबै उहाँहरु ले पाइरहेको स्थिति छ । सिंहदरबारको अधिकार नेपाली जनताले पाइरहेको उहाँहरुले महसुस भइरहेको छ, मलाई लाग्छ । उदाहरणका निम्ति विकासका कतिपय कुराहरु माग्नाका निम्ति याहाँ गाडिभाडा तिरेर हप्तौ महिनौ दिन काठमाडौमा बसेर विकासका काम गर्नका निम्ति माग्नका निम्ति काठमाडौ धाउनु पर्ने बाध्यता थियो भने एउटा शिक्षक नियूक्ति गर्न काठमाडौ जानु पर्ने थियो भने ,कर्मचारी नियूक्ति गर्नका लागि कुनै योजना माग्नका लागि केन्द्र धाउनु पर्ने थियो भने अहिले स्थानिय सरकारबाट नै यी सबैकामहरु भइरहेको स्थानिय तहले नै गर्ने भएकाले मलाई लाग्छ अहिले जनताले शिहदरबारको शासन घरघरमा पाएको महसुस गरीरहेको छ ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा के के सुधार गर्नु भयो ?
खासगरि शिक्षाको क्षेत्रमा हामीले ५ वर्ष मुनिका बालबालिकाहरुलाई इजिआरपि शिक्षा प्रणालि द्धरा उहाँहरुलाई शिकाइ प्रणालिनै परिवर्तन गरेर त्यो कार्यक्रमहरु लागु गरिहेकाछौ ,मेरो वडामा रहेको सबै स्कुलमा लागुभएको छ ।

त्यसै गरी स्कुल प्रशासन चलाउने कुरामा हामिले शिक्षकहरुलाई इ हाजिरीको व्यवस्था गरेकाछौ, कक्षा कोठाहरुमा सिसि क्यामेरा को व्यवस्था गरेकाछौं र शिक्षकहरु सहिसमयमा कक्षामा प्रवेश गरेर कतिसमय सम्म पढाए पढाएन भन्ने कुराको रेकर्ड राख्नको निम्ति प्रत्येक कक्षामा विद्यार्थि मनिटर हाजिरीको समय टिप्ने खाताको व्यवस्था गरेकाछौ त्यसो गर्दा शिक्षकहरु पनि सहि समयमा कक्षामा उपस्थित हुने र उस्को समय अबधिभरमा पढाउनु पर्नेकुराहरु विषय वस्तुमा प्रवेश गरेर पढाउनु पर्ने कुराहरु सहि ढंगले पढाउनु पर्ने र स्कुल प्रशासनलाई पनि काम गर्नका निम्ति सहज हुने गरि तिकामहरु गरेकाछौ भने अर्को भौतिक संरचना निर्माण गर्नका निम्ति हामिले याहाँ २ वटा क्याम्पस भवन नयाँ निमार्ण गरिरहेकाछौं ।

त्यसैगरी हिले माविमा ५ सय विद्यार्थि अट्ने गरी हलको निमार्ण गरिरहेकाछौं । त्यस्तै अन्य निजि विद्यालय हरुलाई पनि हामिले नगरको शिक्षा ऐन अन्तरगत सोहि ढंगले पढाउने देखि लिएर कक्षा कोठामा कति विद्यार्थि राख्ने कुराहरु देखि लिएर उहाँहरुलाई निर्देशित गरिरहेको स्थिति छ । त्यस्तै गरी स्वस्थ्य क्षेत्रमा पनि यसरीनै कामहरु भइरहेको छ ।

वडालाई तपाइको कार्यकालभरीमा कस्तो बनाउने योजना बनाउनु भएकोछ , कार्ययोजनाहरु के के छन् ?
खास गरी मेरो वडा धनकुटा नगरपालिकाको १ नं वडा हो । यो धनकुटा जिल्लाकै ६० वटा वडा मध्यको जनसंखयाको आधारमा सबै भन्दा ठुलो वडारहेको छ र जनसंखयको आधारमा यति ठूलो वडा भएको कारणले गर्दा यो वडालाई मैले जुन ढंगले हिजो निर्वाचनको बेलामा घोषणा पत्रमा आफ्नो कुराहर राखेका थिए स्वास्थय क्षेत्रमा, शिक्षा क्षेत्रमा, कृषिको क्षेत्रमा, पर्यटनको क्षेत्रमा ५ वर्षमा कस्तो बनाउने भनेर मइले राखेका बोलेका कुरालाई पुरा गर्नका निम्ति आज लागिरहेकाछौ शिक्षाको क्षेत्रमा क्याम्पस बनाउने देखिलिएर स्कुल विद्यालयलाई व्यवस्थित बनाउने स्कुल प्रशासन चलाउने कुरामा सहिढंगले तीकुराहरु पुरा गर्न लागिरहेको छु ।
त्यस्तै गरी स्वस्थ्यको क्षेत्रमा पनि स्वस्थ्य केन्द्र स्थापना गर्ने र स्वस्थ्य क्षेत्रका सेवाहरुलाई आफ्नै वडाबाट दिन सक्ने वातवरण को सिर्जना सहज पहुज पुगोस भनेर स्वस्थ्य क्षेत्रमा धेरै काम गरिरहेकाछौं ।

त्यस्तै गरी कषि क्षेत्रमा कृषकहरुलाई विभिन्न किसिमका अनुदानदिइरहेकाछौ , कृषकहरुलाई वयवसायिक खेति गर्नका लागि कृषि क्षेत्रमा कृषको उत्पादकत्व बढाएर कषि पेशसमा आत्मा निर्भर बनाउनका निम्ति टनेल हाउस , सिचाईको लागि प्लाष्टिक पोखरी , थोपा सिचाई , गोठ सुधारका कार्यक्रमहरु हामि दिइरहेकाछौ,

त्यस्तै पर्यटनको क्षेत्रमा जुनबेला निर्बाचनामा आफु उम्यदारी भइरहदा खेरी हिले लाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नु पर्छ भनेर कुरागरेका थिउ त्यसबेला सात वटा भिउँ पोइन्टहरु ५ वर्षको अबधिमा निमार्ण गर्छु भनेर भनेका थिए ति कार्यहरु आज धमाधम बनिरहेको छ र ति क्षेत्रका काम सम्पन्न हुदै पनि गइरहेको छ । उदाहरणका निम्ति सुरुमा बुद्ध पार्क बनाएउ ,त्यस पछि हिले पार्क जोन निर्माणको काम अहिले भइरहेको छ भने त्यस्तै घण्टा घर भ्यू टावर निमार्ण गर्दैछौ , त्यस्तै गरी बक्रकुण्ड मन्दिरलाई धार्मिक पर्यटकिय क्षेत्रको विकास गर्नको निम्ति धमाधम सजावट गर्ने कार्य भइरहेको छ । लुङधाङ साततले धार्मिक गुफा व्यवस्थित गर्ने काम भइरहेको छ , त्यस्तै जौटारलाई त्यहि ढंगले विकास गरिरहेकाछौं यसरी पर्यटकिय क्षेत्रमा राम्रो ढंगले विकास गरीरहेकाछौं र आगामी दिनमा ५ वर्ष भित्रमा मेरो वडालाई पर्यटकिय क्षेत्रको गन्तव्यको रुपमा विकास गर्नेछौं ।

विस्वनै अहिले कोरोना माहामरीले आक्रन्तभएको स्थितिछ ,धेरैले रोजगारी गुमाए बैदेशिक रोजगारीमा गएका यूवाहरुनि फर्केर आइरहेको परिस्थिति छ हजुरले २०७७ ।७८ को निति तथा कार्यक्रमा उनीहरुका लागि कस्ता योजनाहरु अघिसार्नु भएको छ ?
यो माहामारीका कारण समग्र सामाजिक आर्थिक पक्छमा परिरहेको प्रतिकुललाई समबोधन गर्दै रननिति आधार र त्यस्का पक्क्षहरुलाई ध्यानमा राखेर हामिले २०७७।७८ को निति तथा कार्यक्रम हामिले पारित गरेकाछौं खास गरी विस्व माहामारी को रुपमा चलिरहेको कोभिट १९ को रोकथामका लागि अपनाउनु पर्ने स्वास्थ्य सजकता विषयहरुमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा लागिरहेकाछौं माहामरीकारण रोजगारी गुमाएका श्रमिक किसान असाह्य व्यक्ति विपन्न वर्गका परीवारलाई लक्षित गरि स्वास्थ्य शिक्षा सिप विकास तालिम रोजगारी एवम आए आर्जन सिर्जना गर्ने विशेष कार्यक्रम निति तथा कार्यक्रम ल्याइएको छ । त्यसै गरी विशेष गरेर हामिले बैदेशिक रोजगार बाट फर्केका अहिले थुप्रै यूवाहरु चई फर्किनु भएको छ उहाँहरुलाई ध्यानमा राखेर यूवाहरुलाई लक्षित गरि स्वोरोजगार तथा आत्मानिर्भर हुने गरी कृषि,पशुपालन ,उद्योग व्यवसाय को प्राथमिक्ता कार्यक्रमहरु सञ्चालनका निम्ति निति तथा कार्यक्रमहरु ल्याएकाछौं ।

जस्तै उहाँहरुले बिदेशमा जुनकाम सिकेर आउनु भएको छ । त्यस्ता सिपहरुलाई बढिप्रथमिक्तामा राखेर उहाहरुलाई रोजगारीमा लगाउने हो । त्यो संग सगै कृषि पशुपालन क्षेत्रमा विदेशमा पनि त्योकाम गरेर आएको हुन सक्छ त्यस्ता व्यक्तिहरुलाई स्थानिय सरकारबाट अनुदान दिएर रकमको व्यवस्था गराएर सामुहिक खेति प्रणालि व्यवसायिक रुपमा अगाढि बढाउनका निम्ति प्रोत्साहन गर्न सहकारीको माध्यम बाट व्यवसायमा अगाढि बढाउने र रोजगारी सिर्जना गर्ने गरी विशेष गरी विदेश बाट फर्केका यूवाहरुलाई आफ्नै देशमा श्रम गर्ने परिश्रम गर्ने पसिना बगाउनका निम्ति एउटा उत्प्रेरणा गर्ने गरी निति तय गरेकाछौं ।

प्रतिक्रिया दिनुहोस
स्व.मदन वहादुर प्रधानको निधन प्रति कांग्रेस धनकुटाको शो क व्यक्त

धनकुटा खबर । नेपाली कांग्रेस धनकुटाले स्व. मदन वहादुर प्रधानको निधन प्रति शोक

कोरोना भाईरसविरुद्ध धनकुटा उद्योग बाणिज्य संघको १०४ वटा कार्यक्रम !

धनकुटा खबर । गएको चैत महिनादेखी अहिले सम्म धनकुटा उद्योग बाणिज्य संघले कोरोना

कोरोना संक्रमणबाट धनकुटामा १ जनाको मृ त्यु

धनकुटा खबर । धनकुटामा कोरोना संक्रमणबाट १ जनाको मृ,त्यु भएको छ । धनकुटा

भक्तजनहरुको सामान्य उपस्थितीमा निशान भगवती मौलो यात्रा सम्पन्न

धनकुटा खबर । धनकुटा जिल्लाको छथरजोरपाटी गाउँपालिकाको तेलिया र तांखुवाको सिमानामा रहेको पिङ्ग

अनलाईन टिभी