कोरोना नियन्त्रणका लागि प्रदेश २ मा थप सात करोड निकासा


काठमाडौं, साउन १६ । प्रदेश २ सरकारले कोरोना महामारी नियन्त्रणका लागि थप सात करोड रुपैयाँ निकासा गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कोभिड अस्पताल निर्माण गर्न र हाल सञ्चालनमा रहेका आइसोलेसनकक्षको थप व्यवस्थापन, बिरामीको खाना–खाजा र शैय्या सङ्ख्यामा वृद्धिलगायतका लागि बिहीबार थप सात करोड रुपैयाँ निकासा गरेको हो।

बाराको सिमरामा कोभिड अस्पताल निर्माण गर्न एक करोड ७५ लाख, पर्सामा कोभिड अस्पतालको निर्माण एवं शव वाहन तथा एम्बुलेन्स खरिदका लागि एक करोड ५० लाख, रौतहट, सप्तरी र सर्लाही जिल्लामा आइसोलेसनकक्षको व्यवस्थापनका लागि ७५\७५ लाख तथा धनुषा, महोत्तरी र सिरहाका लागि ५०\५० लाख निकासा गरिएको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

आवश्यकताको आधारमा जिल्लाबाट माग भएबमोजिम थप रकम व्यवस्थापन गरिने प्रदेश २ सरकारको भनाई छ। रासस

प्रतिक्रिया दिनुहोस
धनकुटाको जोरपाटीमा अ,स्थायी आधारभूत स्वा,स्थ्य सेवा सुरु

धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँपालिका २ जोरपाटीमा अस्थायी आधारभूत स्वास्थ्य सेवा केन्द्रको

धनकुटाका ७ वटै स्थानिय तहका ८० देखि ८५ प्रतिशत वालवालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईयो

धनकुटा । धनकुटाका विभिन्न स्थानिय तहका ८० देखी ८५ प्रतिशत वालवालिका लाई भिटामिन ए

स्वास्थ्य वैज्ञानिकको छैटौँ राष्ट्रिय सम्मेलन शुरु, एकैदिन अनुसन्धानमूलक १६ कार्यपत्र प्रस्तूत

काठमाडौ ।  साेमबारदेखि स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको छैटौँ राष्ट्रिय सम्मेलन शुरु भएको छ।

धनकुटाका ५ वर्ष सम्मका वालवालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईदै

धनकुटा खबर, असार २१ । धनकुटाका ५ वर्ष सम्मका वालवालिकाहरुलाई भोलि र पर्सी

अनलाईन टिभी