साउन महिना लागेदेखि आज सम्म धनकुटामा जे भयो…


नगरपालिकाको पहलमा शिवालयको जिर्णोउद्धार
महालक्ष्मी नगरपालिका वडा नं.६ लेगुवामा रहेको करिव ३ सय वर्ष पुरानो नागेश्वर शिवालय मन्दिरको लामो समय पछि स्थानिय जनप्रतिनिधिहरुको पहलमा जिर्णोउद्धार गरिएको छ । वि.सं.१८४२ ताका राणा प्रधानमन्त्री जंङ्गवहादुर राणाको पालामा आज भन्दा करिव २ सय ३३ वर्ष पुरानो नागेश्वर शिवालय मन्दिरको संरक्षणको अभावमा जिर्ण वन्दै गएपछि महालक्ष्मी नगरपालिका कार्यालयले जिर्णोउद्धार गरिएको हो । महालक्ष्मी नगरपालिकाका प्रमुख परशुराम नेपालले करिव ३ सय वर्ष पुरानो शिवालाय नागेश्वर गुठीको नाममा परिचित रहेको भए पनि उचित संरक्षणको अभावमा मन्दिर जिर्ण हुँदै गएकाले जिर्णोउद्धार गरिएको वताए । नगरपालिकाको पहलमा जिल्ला भुसंरक्षण तथा जलाधार डिभिजन कार्यालय धनकुटाले जिर्णेउद्धारको लागी ११ लाख रुपयाँ सहयोग गरेको हो । ४ रोपनी क्षेत्रफलमा फैलिएको नागेश्वर शिवलाय तथा दुग्धनाथ महादेवको मन्दिर वरीपरी कम्पाउण्ड वाल, तारवार, ग्याविङ्ग वाल, टेवा पर्खाल लगाउन खर्चहुने नगर प्रमुख नेपालले वताए ।

धारापानीका १ १० घरलाई खाद्यान्न सहयोग
वैदेशिक रोजगारीमा रहेका त्याहाँका युवाहरुले धारापानी गाउँका १ सय १० घरलाई खाद्यान्न सहयोग गरेका छन । धारापानी स्थायी घर भई बिदेशमा रहेका यूवाहरुले उक्त सहयोग गरेका हुन् । साँगुरी धारापानी समाज धरानले धारापानी गाउँमा १ औपचारिक कार्यक्रमको आयोजना गरी राहात वितिरण गरेका हुन् ।

रोजगारीको सिलसिलामा कतार, इजरायल, साउदी, दुबही, मलेसिया, हङ्कङ, जर्मन, बेलायत, दक्षिण कोरिया लगायतका देशमा रहेका उनीहरुले २ लाख, ३२ हजार, ७ सय ८५ रुपैयाँ बराबरको खाद्यान्न सामग्री सहयोग गरेका हुन् ।

सहयोग दिनेहरुमा कत्तारवाट ललित राईले २० हजार, हङ्गकङ्गबाट अनिता राईले २० हजार, चिरिन गुरुङ्ग राईले जर्मनबाट १० हजार, गौतम राई हङ्गकङ्गबाट १३ हजार, रमेश राई हङ्गकङ्गवाट १३ हजार, किसन राई धरानवाट १० हजार, कृष्णमाया राई यूकेवाट १० हजार, शकुन्तला राई दक्षिण कोरियाबाट १० हजार, नगेन्द्र राई दक्षिण कोरियाबाट १० हजार, ज्ञानेन्द्र राई दक्षिण कोरियाबाट १० हजार प्राप्त भएको समाजकी अध्यक्ष नेत्रकुमारी राईले वताईन ।

बर्षात्ले धनकुटाका ५ घर विस्थापित
निरन्तरको बर्षाको कारणले धनकुटा जिल्लामा ५ घर परिवार विस्तापित भएका छन । हरेक दिन परेको वर्षासँगै खसेको पहिरोले जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं. ५ लेगुवाका ३ घर र धनकुटा नगरपालिका १ हिलेका २ घर परिवार विस्तापित भएका हुन । पहिरोका कारण धनकुटा १ हिलेका डिल्ली घिमिरे र तेजबहादुर पौडेलको परिवार विस्तापित भएको धनकुटा प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए । यस्तै पहिरोका कारण जोखिम वढेपछि महालक्ष्मी नगरपालिका वडा नं. ५ लेगुवाका दिपक भण्डारी, जितेन श्रेष्ठ र ब्रह्मध्वज राईको परिवारलाई स्थान्तरण गरिएको छ ।

छथरमा फलफूलको बिरुवा वितरण
धनकुटाको छथर जोरपाटी गाउँपालिकाले किसानलाई साढे ५१ हजार फलफूलको बिरुवा वितरण गरेको छ । व्यावसायिक फलफूल खेतीप्रति किसानको आकर्षण बढाउन संघीय सरकारको ५० लाख अनुदानमा ५१ हजार ७ सय ५५ फलफूलका विरुवा वितरण गरिएको हो । छ वटा वडा रहेको छथरजोरपाटी गाउँपालिकाका सबै वडामा कृषक समूह बनाई शतप्रतिशत अनुदानमा आँप, लिचि, अनार, कागती, सुन्तला र एभोकाडोका विरुवा वितरण गरिएको हो । जसमा आँपका १ हजार ५ सय ५०, लिचीका ४ हजार, ५ सय, अनारका २ हजार, कागतीका १६ हजार, सुन्तलाका ३ हजार र एभोकाडोका २४ हजार ४ सय ९५ वटा विरुवा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूले जानकारी दिए ।

बाढी पहिरोका कारण कोशी राजमार्ग यात्रामा जोखिम
अविरल वर्षाका कारण सडकको विभिन्न स्थानमा पहिरो झरेपछि कोशी राजमार्गको सडक खण्डहरुमा यात्रा गर्न जोखिम देखिएको छ । राजमार्गर्कोे धरान धनकुटा सडक खण्डमा पर्ने पात्ले खोला, फोक्ल्याण्ड टापु, जिरोपोईन्ट, ढाट, गुठीटार, रुद्रबारी, गर्जुवा,सल्लेरी लगायतको दर्जर्नौ स्थानमा पहिरोले सडक अवरुद्ध भएपछि राजमार्गमा यात्रा गर्न जोखिम देखिएकोे हो ।

केहि समय अवरुद्ध सडक स्थानीय, जनपथ प्रहरी र सशस्त्र प्रहरीले प्रयास पछि खुलेर यातायात सुचारु भए पनि यात्राको क्रममा बहिरो खस्नसक्ने खतराका कारण यात्रा गर्न डर पैदाभएको छ । सडक माथि थुप्रिएको पहिरो हटाउन डिभिजन सडक कार्यालयको स्काइभेटर प्रयोग गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए ।

भत्ता नपाएपछि भुपू सैनिकको ज्ञापनपत्र
नेपाल र विदेशबाट निवृत्ति भरण पाईरहेका नेपाली नागरिकलाई सामाजिक सुरक्षा भत्ता नदिने सरकारको निर्णयको भूपू शैनिक संघले बिरोध जनाएको छ । निर्णय सच्याउन माग गर्दै भु.पु. सैनिक संघ धनकुटाले जिल्ला प्रशासन कार्यालय धनकुटा मार्फत नेपाल सरकारलाई वुधवार ज्ञापन पत्र पठाएको छ ।

नेपाल सरकार मन्त्री परिषदको ०७७ असार १७ गतेको निर्णय सच्याउन माग गर्दै संघका अध्यक्ष धनवहादुर खड्का र क्षेत्रिय सभापती श्याम प्रकाश राईको अगुवाईमा ज्ञापनपत्र बुझाईएको हो ।

जिल्लामा आवद्ध रहेका १ हजार ६ सय भुपु सैनिक परिवारहरुले संयुक्त रुपमा हस्ताक्षर गरेर प्रजिअ केशव विमली मार्फत् प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र पठाएका छन् ।

नेपाल सरकारबाट ७० वर्ष भन्दा माथि उमेरका जेष्ठ नागरिकलाई सम्मान वापत दिईने सामाजिक सुरक्षा भत्ता पाउने अधिकार जेष्ठ भुपु सैनिकको पनि भएकाले यो व्यावस्था कटौती नगर्न उनीहरुको माग छ ।

प्रतिक्रिया दिनुहोस
गणतन्त्र ल्याउन नेपाल महिला संघले खेलेको भूमिका महत्वपूर्ण!

धनकुटा खबर । नेपाल महिला संघ धनकुटाले पनि नेपाल महिला संघको स्थापना दिवस

धनकुटाको आँखिसल्लामा पहिरोले घर बगायो

धनकुटा खबर । धनकुटाको शहिदभूमि गाँउपालिका वडा नं ६ आँखिसल्लामा पहिरोले एक घर

धनकुटाको जोरपाटीमा अ,स्थायी आधारभूत स्वा,स्थ्य सेवा सुरु

धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँपालिका २ जोरपाटीमा अस्थायी आधारभूत स्वास्थ्य सेवा केन्द्रको

आदिवासी पत्रकारले भर्चुअल प्रविधिबाट स्थापना दिवस मनाउने

धनकुटा खबर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश नं. १ (फोनिज)ले आफ्नो

अनलाईन टिभी