कोरोना कहर : कोरियामा २५ लाख व्यक्तिको रोजगारी गुम्यो, नेपाली पनि प्रभावित


काठमाडौ । रोजगारीका लागि नेपालीको आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित भएकाे छ। जसका कारण यहाँ झण्डै २५ लाख जनाको रोजगारी गुमेको छ। गत अगस्टमा मात्रै २ लाख ७४ हजार जनाकाे रोजगारी गुमेका छन्।

तथ्याङ्कअनुसार यहाँको बेरोजगारी दर गत अगस्टमा ०.१ प्रतिशतबाट बढेर ३.१ प्रतिशत पुगेको छ। योसँगै वित्तीय सङ्कट उत्पन्न भई गत अगस्टमा रोजगारी गुमाउनेको सङ्ख्या पछिल्लो आठ महिनायताकै उच्च हो।

यसको प्रत्यक्ष असर यहाँ श्रम गरिरहेका नेपालीमा पनि देखिन थालेको छ। कम्पनीमा काम घट्न थालेपछि अतिरिक्त काम नहुने, रात्रि तथा दिवा वा अन्य सिफ्ट हुनेको एक सिफ्ट मात्र चल्ने, बिदाका दिन चलिरहेका कम्पनी पनि नचल्ने, कतिपय कम्पनीले बेतलबी बिदा बस्न बाध्यात्मक अवस्था सिर्जना गर्ने, हप्तामा तीन वा चार दिन मात्र काममा बोलाउनेलगायत कारण नियमित पाइरहेको आम्दानीमा गिरावट आउने तथा समयमा तलब पाउनसमेत मुस्किल भएको यहाँ श्रम गरिरहेका नेपालीले गुनासाे गरेका छन्।

एनआरएन कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले भने आम्दानी तथा काम घटे पनि विदेशी कामदार विशेषगरी नेपाली अझै सुरक्षित रहेको दाबी गरे। कम्पनी बन्द भई बोरोजगार भएँ भन्ने एकाधबाहेक सुन्नु नपरेको र थोरै भए पनि आम्दानी भइरहनु सुखद कुरा भएकाे उनकाे भनाइ छ।

कोरियामा श्रम गर्ने नेपालीको भिसा (इ–९) बलियो हुने र उनीहरूलाई कुनै समस्या परे श्रम नियमानुसार अधिकार लिन र कम्पनी परिवर्तन गरेर भए पनि रोजागरी बचाइराख्न सक्ने भएका कारण नेपालीलाई खासै चिन्ता नहुने उनकाे दाबी छ।

यहाँका मझौला तथा ठूला कम्पनी विशेषतः बाह्य निर्यातमा निर्भर छन्। कोरोना माहामारीका कारण निर्यात घट्दा त्यसको प्रत्यक्ष असर साना कम्पनीलगायतमा पर्दा यहाँको श्रम बजारमा उथलपुथल देखिएको हो। रासस

प्रतिक्रिया दिनुहोस
कोरोनाको कारण विदेशमा २४३ नेपालीको मृ त्यु, साउदीमा ६० श’व अ’लपत्र

काठमाडौं, भदौ २८ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट शनिबार साँझसम्म विदेशमा

एनआरएनएको रगत सङ्कलन बस उपलब्ध गराउनेदेखि सार्वजनिक शौचालय बनाउने

सुरज भण्डारी,टेक्सस । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले नेपालमा रगत सङ्कलनदेखि रगत अनुसन्धानको

महासंघको अक्षयकोषमा बेलायत शाखाबाट २३ लाख सहयोग

कृष्णप्रसाद शर्मा लण्डन, साउन ४ । कोरोना महामारीका कारण समस्यामा परेका नेपाली पत्रकारलाई नेपाल

अष्ट्रेलियाको मेलवर्नमा राखियो बाटोको नाम ‘गोर्खा वे’

मेलवर्न । अस्ट्रेलियाको विक्टोरिया राज्यको राजधानी मेलबर्न शहरको Wyndham Vale काउन्सिलमा बन्दै गरेको

अनलाईन टिभी