समतामूलक समाज निमार्णका लागि साेचमा परिवर्तन हुन आवश्यक !


मानवी माेक्त्तान (मालाती)/ सञ्चारकर्मी ।
वर्षोदेखि हाम्रो समाजमा लि,ङ्गका आधारमा महिला र पूरुष बिच विभेद रहँदै आएको छ। विभिन्न समय काल खण्डमा समाजमा जरा गाडेर बसेका यी यस्ता कुरिती बिसंगति जुन पृतिसतात्मक सोच, धार्मिक, सास्कृतिक, जातिय, आर्थिक रुपमा गरिबीका कारणले गर्दा महिलाहरु शोषित हुदै आएकाे छन । महिलाहरू यस्ता विभेद पूर्ण समाजको सामना गर्दै आएका हुन ।

इतिहास छलङ्गै छ । हामी सबैले बुझेका छौ पढेका छौ देखेका पनि छौ । समय समयमा हाम्रा आमा दिदिबहिनिहरु अधिकारका लागि ल,डेका कारणले गर्दा नै अहिले मइले पनि २१ औ शताब्दिको नारि हुँ गर्बका साथ भन्न पाएका छौ, बोल्न र आफ्नो कुरा राख्न पाएका छौ । हाम्रो सोच र बिचारको परिवर्तन भएको छ । परिवर्तनले फड्को मारिसकेको अवस्था छ । दशौ शताब्दिको नारि ले जस्तो अन्याय र शोषणमा परेर जिवन विताउनु परेको छैन ।

तथापि पनि मलाई चित्त नबुझेको कुरा गर्न गइरहेको छु । वर्तमानमा महिला र पूरुषको सम्बन्ध, उनिहरु बिचको सोच र बिचार उनिहरुको धराणाको विषयमा मलाइ लागेको कुरा, याे भुमण्डलमा चेतनशिल प्राणी भनेकै मानिस हाे । घरिघरि दुःख लाग्छ चेतन सिल प्राणी भित्रकाे आपसि द्वन्द्व देख्दा, मानिस भन्दा याे संसारमा कुनै अर्को चेतनसिल प्राणी पनि छैनन् यही प्राणी भित्र फरक लिङ्ग भएका महिला र पुरूष हुन । यहि दुईवटा बिचमा सधैं लिङ्गका आधारमा र जातीय आधारमा सधैं विभेद हुने गर्दछ । जब सम्म समाजमा रहेका हरेक नागरीकले पूरुष बिना महिला पनि अधुरो रहन्छ महिला बिना पूरुष पनि अधुरो रहन्छ । पूरुषलाई पनि महिला चाहिन्छ महिलालाइ पनि पूरुष चाहिन्छ भन्ने कुरा सबैभन्दा पहिला हामीले बुझनु आवश्यक छ ।

अहिले महिला र पूरुष विचमा महिलाले पूरुषलाई सत्रुको रुपमा हेर्ने र पूरुषले पनि महिलालाई एउटा सत्रुको रुपमा लिइरहेको देख्छु । किन झन दुरी बढ्दै गइरहेको छ । याहाँ एउटा महिलाले पूरुषलाई गर्ने व्यहार पूरुषले महिलालाई गर्ने व्यवहारले गर्दा द्ध,न्द सिर्जना भइरहेको छ ।

अब भन्नुस महिला र पूरुष बिचको द्ध,न्द्ध कहिले सम्म how is the conflict between men and women ? भन्नत भन्छौ हामि 21st century मानिस हौ । कसरी समता उन्मुख समाजको विकास हुने झन झन असन्तुलित तथा विभेदकारी समाजको विकास हुन लागेको देख्छु । अहिले एउटा घरपरिवार गाउँ समाज देखि लिएर सामाजिक सञ्जाल भित्र भइरहेको घटिरहेको घ,ट्ना परिघट्नालाई नियाल्दा पूरुषे महिलालाई सकुन्जेल जे गर्दानि हुन्छ र महिलाले पनि पूरुषलाई सकुनजेल जे गर्दानि हुने खालको सामाजिक व्यवहार हेर्ने दृष्टिकोणले गर्दा गाँउ समाजमा ज,घन्य अ,पराधका घ,ट्ना देखि लिएर दुवै अन्याय र शोषणमा परिरहेको देख्छु । अब हामीले नसोच्ने हो भने भावि यूवा पुस्ताको भविस्य कस्तो होला ।

चेतनाको दर बढाउनका लागि समातमुलक समाजको विकास र्गाका लागि विचार, सिद्धान्त, अवधरणा दृष्टिकोण र दर्शनको आवश्यकता देखिरहेको छु । स्वछ र समुन्नत समाज निर्माणका लागि सधै सिद्धान्तले महत्वपूर्ण भूमिका खेल्द छ । मानविय ज्ञानको दायरा फराकिलो बनाँउद छ । ज्ञानको माध्यमबाट शैद्धान्तिक अन्तराललाई पुरा गर्दै समाजको समग्र पक्षको अध्ययन गर्दे लैङ्घिक तथा शैक्षिक वहसहरु समाजमा भए पछि मात्र यस्ता वहसको निरन्तरताले पुनःनयाँ समाजको गठन र पुनरगठन गर्न सक्छौ ।

त्यस्तै महिला वा पूरुषले उसको शरिरको बारेमा के अनुभुति गर्छ कसरी गर्छन त अनि महिला वा पूरुषले आफु कोहो भन्ने धाराणा कसरी बनाउछन् । घरायसी र समुदाय तहका निर्णयहरु महिला पुरुष को ,कसले किन र कसरी गरीरहेकाछन् भन्ने विषयमा व्याख्या विश्लेषण हुन जरुरी देखिन्छ । अनी मात्र समाजमा मौलाउदै गइरहेको महिला र पुरुष बिचको जुन विसंगती कुरितीलाई हटाउन सकिन्छ जस्तो लाग्छ । सबै भन्दात समय अनुसार सोच बिचार परिवर्तन हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस
श्रद्धेय गुरु मनोजकुमार राई अब सम्झनामा मात्र

जीवनमा धेरै मान्छेहरुसग संगत हुने गर्छ र सबैलाई स्मरण गर्न पनि सकिदैन तर

“कार्यकारी अध्यक्षको एकलौटी प्रतिबेदनले पक्ष,विपक्ष बिभाजन गर्दा नेकपा भित्रको बिवाद सतहमा ल्याईदियो”

पार्टि नीति नियम सहितको विधि र पद्धति भित्रको अनुशासनबाट चलेको हुन्छ। वैचारिक,राजनैति र

नेतृत्वका नेताले त्याग नगरी अब आ-आफ्नै अडान बाट निर्णय खोजीए नेकपा गम्भीर संकटमा

वीरबल खड्का,धनकुटा। २०४६ पछिको पहिलो जननिर्वाचित सरकारका शक्तिशाली प्रधानमन्त्री भएका थिए– गिरिजाप्रसाद कोइराला जसरी

तिहारको मनोवैज्ञानिक पक्ष र महत्त्व

गोपाल ढकाल, मनोविद बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईसरको असर शारीरिक तथा मानसिक स्बास्थ्यमा

अनलाईन टिभी