धनकुटामा २ हजार ६८ जनाको पिसिआर प्रविधिबाट कोरोना जाँच


भाद्र २७,धनकुटा । धनकुटामा पिसिआर विधिवाट कोरोना जांच गरिएकाहरुको संख्या २ हजार ६८ जना पुगेको छ ।

स्वास्थ्य कार्यलय धनकुटाका अनुसार पछिल्लो पटक एक गाउँपालिका र एक नगरपालिकाबाट १०८ जनाको पिसिआर रिपोर्ट पठाईएका मध्ये सवैको नतिजा आए सँगै यो विधिबाट कोरोना जांच गरिएकाहरुको संख्या २ हजार ६८ पुगेको हो ।

जिल्लाको चौविसे गाउँपालिकाका ३ संक्रमित व्यक्तिको सम्पर्कमा रहेका ३० र महालक्ष्मी नगरपालिकामा सार्वजनिक कामका लगि वाहिरवाट आएका कामदार ७८ जना सवैको नतिजा नेगेटिभ प्राप्त भएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो ।

उनिहरुको पिसिआर नमूना भदौ २५ गते संकलन गरिएको थियो । यस्तै हिजो छथरजोरपाटी गाउँपालिका वाट अरु ४० जनाको नमूना संकलन गरि कोरोना जांचका लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको छ । उनिहरुको नतिजा पर्सि सम्ममा आउने पनि उहाँले वताउनुभयो ।

यो विधिबाट कोरोना जांच गरिएकाहरु मध्ये अहिले सम्म ४४ जनाको नतिजा पोजेटिभ आएको छ । जसमध्ये ३४ जनाले कोरोनालाई जितेर डिस्चार्ज भईसकेकाछन् । सक्रिय संक्रमित १० जना उपचाररत छन् । अब छथरजोरपाटी गाउँपलिकाका ४० जनको रिपोर्ट आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
धनकुटाका दी’र्घरो’ग पी’डितले जिते कोरोना !

धनकुटा खबर । धनकुटा नगरपालिका ६ का दीर्घ रोगले पी,डित एक जनाले कोरोनालाई

पत्रकार महासंघ धनकुटा शाखामा आवद्ध क्रियाशिल पत्रकारहरुलाई आज १ हजार थान मास्क उपलव्ध

अशोज २,धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटा शाखामा आवद्ध क्रियाशिल पत्रकारहरुलाई आज १ हजार

यातायत,होटल लगायतका अन्य व्यावसाय सञ्चालन गर्दा स्वास्थ्य सावधानी अपनाउन धनकुटा प्रशासनको अनुरोध

अशोज २,धनकुटा ।हाल सञ्चालन गर्न छुट दिएका कार्य सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर

समाज कल्याण संस्था धनकुटाद्वारा दुई वटा भवनको ढिक र सटरको भाडामा छुट

अशोज २,धनकुटा ।लक डाउनको कारण व्यापार व्यावसाय बन्द भई संकटमा परेका धनकुटा नगरपालिका

अनलाईन टिभी