उत्तम राईको शब्द अनि संगीतमा गायक राजेश पायल राईको ‘मेरो प्यारो बाबा’ गीतको भिडियो युट्युबमा (भिडियो सहित)


काठमाडौं : भर्सटायल गायक राजेश पायल राईको मीठो स्वरमा सजिएको ‘मेरो प्यारो बाबा’ गीतको भिडियो सार्वजनिक भएको छ ।

उत्तम राईको उत्कृष्ट शब्द अनि संगीतमा तयार भएको गीतमा पदम राजन मगरको संगीत संयोजन रहेको छ भने गीतलाई स्टुडियो ए प्लसमा साजन शाहले रेकर्डिङ, मिक्सिङ र मास्टरिङ गरेका हुन् ।

रचनाकार, गायक तथा संगीतकार उत्तम राईको आफ्नै अफिसियल युट्युब च्यानल “उत्तम राई अफिसियल” मार्फत सार्बजनिक गरिएको यस गीतको भिडियोमा स्वयम् गायक राजेश पायल राईको अभिनय देख्न सकिन्छ । गीतमा एउटा सन्तानले आफ्नो बाबा प्रतिको माया र बाबाले आफ्नो सन्तानको लागि गरेको संघर्षलाई प्रस्तुत गरिएको छ ।

यस गीतको भिडियो निर्देशन, छायांकन एवं सम्पादन पत्रकार विशाल राईले गर्नु भएको हो ।

भिडियो हेर्नुहोस :

 

प्रतिक्रिया दिनुहोस
गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन ”अमर” को सताइसौं कृति एल्बम ”दर्पण” सार्वजनिक

काठमाडौ ।  संसारभर महामारी रोग कोरोनाले मान्छेहरूको जनजीवन कष्टकर बने पनि मान्छेहरूलाई बाँच्नु

मुन्द्रेको कमेडी क्लबबाट वि’वादित दिपाश्री ‘आऊट’ करिस्मा मानन्धर ‘ईन’ !

मुन्द्रेको कमेडी क्लबबाट दिपाश्री ‘आऊट’ करिस्मा मानन्धर ‘ईन’ ! काठमाडौँ । नेपाल टेलिभिजनबाट

आमाको भूमिकामा अभिनेत्री श्वेता खड्का

काठमाडौं, भदौ १७ । चलचित्र ‘कहाँ भेटिएला‘ बाट सिने क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री

अमिताभ बच्चनले खरिद गरे नयाँ वि’लासी कार, गर्न थालियो ट्रोल

एजेन्सी : बलिउडका महानायक अमिताभ बच्चन विलासी कारका शौखिन छन् । हालै उनले

अनलाईन टिभी