चाैविसे गाउंपालिकाका दुईजनाले काेरोना जितेर फर्किए घर


अशाेज २,धनकुटा । धनकुटाकाे चाैविसे गाउंपालिकाका दुईजनाले काेराना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । यसअघि काेराेना पुष्टि भै माेरङकाे गाेठगाउ आईसाेलेसनमा उपचाररत उनिहरुले काेराेनालाई जितेर आज डिस्चार्ज भएकाे स्वास्थ्य कार्यालय धनकुटाले जनाएकाे छ ।

यसैवीच हिजाे धनकुटा नगरपालिकाका २ जना र आजज महालक्ष्मी नगरपालिकाका १५ जनाकाे नमूना संकलन गरि काेराेना जाचका लागि विपि काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएकाे स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयाे । उनिहरुकाे नतिजा पर्सि सम्म आउने उहाँकाे भनाई छ ।

याे सँगै आज दिउसाे ३ वजे सम्मकाे जिल्ला काे विवरण अनुसार २ हजार १ सय २६ जना काे पिसिआर विधिवाट काेराेना जाँच गरिएकाे छ । जसमध्ये ४५ जनाकाे पाेजेटिभ र २०६४ जनाकाे नेगेटिभ नतिजा प्राप्त भएकाे छ । अब १७ जनाकाे नतिजा आउन बाँकी छ ।

पाेजेटिभ नतिजा आएका मध्ये पनि ४२ जना निकाे भईसकेका छन् । अव धनकुटा अस्पतालकाे आईसाेलेसनमा २ जना र जना वि पि काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १ जना सहित जम्मा तीन जना उपचाररत रहेकाछन् ।

प्रतिक्रिया दिनुहोस
धनकुटामा राप्रापा नेपालको जिल्ला कार्य समिति गठन

धनकुटा खबर । राप्रापा नेपालले आज धनकुटा जिल्लामा आफ्नाे २१ सदस्यीय जिल्ला कार्य

सकियो सागुरीगढी धनकुटाको फुटबल प्रतियोगिता – हेर्नुहोस् पुरुष र महिला तर्फ कुन-कुन टीमले ऊचाले उपाधी

धनकुटा खबर । विभिन्न चाडपर्वको अवसरमा सागुरीगढी गाउपालिका वडा नं १ बुडिमोरङ सुलिकोटमा

धनकुटाको पाख्रीवासमा रेडियो बरुणको परिक्षण प्रसारण शूरु

धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिकामा स्थापित रेडियो बरुण १०७ मेगाहर्जले आजबाट आफ्नो

धनकुटाका थप ११ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । धनकुटाका थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको

अनलाईन टिभी