महामारी नियन्त्रणसँगै नयाँ नेपाल निर्माणको महाअभियान जारी छ : मन्त्री नेम्वाङ


पाँचथर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले कोभिड–१९ को महामारी नियन्त्रणसँगै नयाँ नेपाल निर्माणको महाअभियान जारी रहेको बताउनुभएको छ ।

जिल्ला समन्वय समिति पाँचथरको चौथो जिल्ला सभालाई आज फिदिममा सम्बोधन गर्दै मन्त्री नेम्वाङले जनताको सपना पूरा गर्न महामारीको कठिनाईसँग जुध्दै समृद्ध मुलुक निर्माणका कार्यहरु जारी रहेको बताउनुभएको हो ।

“ठूला पूर्वाधारका आयोजना द्रुत गतिमा अघि बढाउनुका साथै सेवा प्रवाहका क्षेत्रलाई चुस्त पार्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ आकांक्षा पूरा गर्न सरकार लागि परेको छ”, मन्त्री नेम्वाङले भन्नुभयो । जनताका आकांक्षालाई सरकारले सम्बोधन गर्ने विश्वास दिलाउँदै मन्त्री नेम्वाङले जनता निराश हुनुपर्ने अवस्था नरहेको दावी गर्नुभयो ।

उहाँले महामारी नियन्त्रण, राष्ट्रिय स्वाधीनताको रक्षा र समृद्ध नेपाल निर्माण गर्ने यात्रामा सरकार हात्तीजस्तै लम्किरहेको दावी गर्नुभयो ।

“भएका समस्या सुल्झिन्छन् तर बहना बनाएर न सरकारी निकायले छुट पाउँछ न त निर्माण वयवसायीले नै”, मन्त्री नेम्वाङले भन्नुभयो, “हामी जनप्रतिनिधिलाई पनि जनताले हेरिरहेका छन् र अर्को चुनावमा दण्ड वा पुरस्कारको व्यवस्था गर्छन् ।”

धेरै विकास आयोजना अलपत्र भइरहेको आफूले सुनेको बताउँदै मन्त्री नेम्वाङले अब कुनै पनि निर्माण व्यवसायी र तालुकदार निकायले छुट नपाउने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस
धनकुटामा राप्रापा नेपालको जिल्ला कार्य समिति गठन

धनकुटा खबर । राप्रापा नेपालले आज धनकुटा जिल्लामा आफ्नाे २१ सदस्यीय जिल्ला कार्य

धनकुटाबाट राप्रपा शुन्य भएको घोषणा गर्ने सुनिल थापा कार्यकर्ता तानातान गर्दै

धनकुटा । पूर्वपञ्चहरुको पार्टी त्यागेर नेपाली कांग्रेसमा प्रवेश गरेका पूर्वमन्त्री सुनीलबहादुर थापालाई सीमित

नेकपाको संगठन विभागमा धनकुटाका हेमराज भण्डारीलाई पठाइने

ईश्वर थापा, धनकुटा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संगठन विभागमा धनकुटाका हेमराज

नेकपाको अन्तरपार्टी निर्देशन – ५ जारी,यस्तो छ निर्देशन

काठमाडौं, भदौ ३० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अन्तरपार्टी निर्देशन– ५ जारी गरेको छ।

अनलाईन टिभी