धनकुटाबाट राप्रपा शुन्य भएको घोषणा गर्ने सुनिल थापा कार्यकर्ता तानातान गर्दै


धनकुटा । पूर्वपञ्चहरुको पार्टी त्यागेर नेपाली कांग्रेसमा प्रवेश गरेका पूर्वमन्त्री सुनीलबहादुर थापालाई सीमित कार्यकर्ता टिकाउन पनि हम्मेहम्मे पर्न थालेको छ ।

तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का महामन्त्रीसमेत रहेका सुनीलबहादुर थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् । ०६९ मा धनकुटाबाटै तत्कालीन राष्ट्रिय जनशक्ति पार्टीबाट दस्यता लिएर राजनीतिक यात्रा सुरु गरेका थापा सुरुमै राष्ट्रिय जनशक्ति पार्टीको केन्द्रीय सदस्य भएका थिए ।

२०७० मा राष्ट्रिय जनशक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको एकतापछि बनेको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य निर्वाचित भएका थिए । उनी दोस्रो संविधानसभाको निर्वाचनमा एकाएक राजनीतिमा प्रवेश गरेपछि सूर्यबहादुर थापाको राजनीतिक विडो थाम्ने अपेक्षा गरिएको थियो । तर, आफ्नो बुबाको राजनीतिक धरातललाई लात हान्दै कांग्रेस छिरेका सुनील सीमित कार्यकर्ताको नेता बनेका छन् ।

थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्दा धनकुटाबाट राप्रपा शुन्य भएको घोषणा दावी गरेका थिए । उनको दाबीलाई चुनौती दिँदै ठूलो समुह राप्रपा मै रहेपछि थापालाई जिल्लामा असली कार्यकर्ता भेटाउनै समस्या भएको छ ।

नेपाली कांग्रेस प्रवेश गरेपछि पहिलोपटक जिल्ला आएका थापा पूराना कार्यकर्ता फकाउने अभियानमा छन् । खासगरी उनी कांग्रेस प्रवेश गर्दाको प्रतिवद्धता पूरा गर्न उनी जिल्ला आएका थिए । जिल्ला आएपछि एक दिन मात्रै सदरमुकमा बसेका थापा गाउँतिर पसेका छन् ।

धनकुटाको डाडागाउँबाट कार्यकर्ता भेटघाट अभियान थालेका थापा राप्रपाका कार्यकर्ता फकाउन व्यस्त बनेका छन् । अरुबेला अनुहार देखाएर मात्रै फर्किने गरेका थापा योपटक भने जसको कुरा पनि सुन्न भन्दा घरघर धाइरहेका छन् ।

गत प्रतिनिधिसभाको निर्वाचनमा आफुलाई सघाएका तर, पछिल्लो समय आफुसँग नआएका राप्रपाका कार्यकर्ता फकाउन उनी घरघर पुग्न थालेका छन् । यतिसम्मकी आफुलाई सजिलै सहयोग गर्न नसक्ने देखेपछि घरमै पुगेर खाना खाइदिने र पूरै सहयोग गर्ने प्रतिवद्धता जनाउन थालेको बताइन्छ ।

सदस्यता दिलाउन मरिहत्ते
उनी नेपाली कांग्रेसमा प्रवेश गरेपछि उनको भागमा १५ सय क्रियाशील सदस्य वितरण गर्न पाउँछन् । तर, उनीसँग १५ सय कार्यकर्ता छैनन् । १५ सय कार्यकर्ता नै नभएपछि भएभरका भोटरलाई क्रियाशील सदस्यता दिलाउनुपर्ने बाध्यता उनको सामू छ ।

एकाएक राजनीतिमा छिरेर सभासद बनेको र मन्त्री पनि बनेपछि उनलाई आफ्नो राजनीतिक हैसियत उच्च रहेको भान छ । तर उनी र उनका बुबा सूर्यबहादुर थापालाई पटकपटक निर्वाचित गराउने कार्यकर्ता जति राप्रपामै रहेपछि उनी संकटमा परेका छन् ।

सूर्यबहादुर थापालाई साथ दिँदै आएका जिल्लामा प्रभावशाली मानिएका जिल्ला अध्यक्ष कुमारबहादुर थापा, केन्द्रिय सदस्य हरीप्रसाद घिमिरे, जिल्ला उपाध्यक्ष टिकाप्रसाद घिमिरे, क्षेत्रीय अध्यक्षहरु धर्मध्वाज राई, श्याम गुरुङ, रेवतराम भण्डारी, चन्द्र याख्या, शंकर थापा, दुर्गा पुरी, पवित्रा श्रेष्ठ, टेकबहादुर सारु, लोकेन्द्र घिसिङ, रेगेन्द्र लिम्बु, नगेन्द्र राई, जर्गमान राई, चन्द्र गुरुङ, रमेश चापागाई, नगेन्द्र पौडेल, नगेन्द्र अधिकारी, थामबहादुर राई, लोकबहादुर विश्वकर्मा, प्रकाश लिम्बु, डिल्ली लिम्बु, चोलेन्द्र गिरी, रामप्रसाद वस्ती, भीम खतिवडा, गणेशबहादुर कार्की, उपेन्द्र कार्की, गणेश गिरी लगायतले साथ दिएनन् ।

यी नेता तथा कार्यकर्ताहरुले सहजै साथ नदिएपछि अहिले थापा धरमराउन थालेका छन् । गाउँ अभियानमा मान्छे भेट्न आउँदा मात्रै मख्ख पर्ने गरेका थापालाई १५ सय क्रियाशील पु¥याउन कार्यकर्ता भन्दा पनि भोटर जम्मा पार्नुपर्ने अवस्था आइसकेको छ ।

न खुसी, न बिष्मात
राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेस जहिले शक्तिमा छ । दुई कम्युनिष्ट पार्टीको एकता हुनअघिसम्म नेपाली कांग्रेस नै ठूलो पार्टी थियो । तर, धनकुटाको हकमा भने नेपाली कांग्रेसले कहिले शिर उठाउन पाएन ।

सूर्यबहादुर थापाको जीवनकालभर धनकुटा क्षेत्र नै २ मा कांग्रेसले आफ्नो अस्तित्व जोगाउन सकेन । कतिपय निर्वाचनमा त जमानत समेत फिर्ता गराउन असफल बन्यो ।

यस्तो अवस्थामा थापा पुत्र सनीलबहादुर थापा कांग्रेस प्रवेश गर्दा कांग्रेसलाई केही राहत मिलेको छ । तर, समग्र कांग्रेसलाई भने राहत मिल्ने देखिँदैन । किनभने कांग्रेसभित्रको गुटको राजनीतिभित्र नपसी थापालाई सुख्खै छैन ।

स्वभाविकरुपमा थापा अब पार्टी सभापति शेरबहादुर देउवा क्याम्पमा लाग्छन् । तर, देउवा इतर क्याम्पका कांग्रेसीहरुले थापालाई साथ दिने देखिँदैन । एकतिर पूर्व राप्रपा भित्रको ठूलो खेमाले साथ छोड्नु र धनकुटेली कांग्रेसको अर्काे तप्काले साथ नदिँदा थापालाई थप संकट आउन सक्छ ।

प्रतिक्रिया दिनुहोस
बाजागाजाका साथ धनकुटामा पनि भित्राईयो फूलपाती !

धनकुटा खबर । बडादशैंको ७ औं दिन अर्थात आज धनकुटामा समेत नेपाली सेनाको

दशै, तिहार जस्ता चाडपर्वमा कोसेली एवम् उपहारमा स्वास्थ्य समाग्री प्रयोग गर्न धनकुटा उद्योग बाणिज्य संघको सुझाव

धनकुटा खबर । नेपालिहरुले विषेश रुपमा मनाउदै आएको दशै, तिहार जस्ता चाडपर्वमा कोसेली एवम्

धनकुटामा राप्रापा नेपालको जिल्ला कार्य समिति गठन

धनकुटा खबर । राप्रापा नेपालले आज धनकुटा जिल्लामा आफ्नाे २१ सदस्यीय जिल्ला कार्य

सकियो सागुरीगढी धनकुटाको फुटबल प्रतियोगिता – हेर्नुहोस् पुरुष र महिला तर्फ कुन-कुन टीमले ऊचाले उपाधी

धनकुटा खबर । विभिन्न चाडपर्वको अवसरमा सागुरीगढी गाउपालिका वडा नं १ बुडिमोरङ सुलिकोटमा

अनलाईन टिभी