चालक संक्रमित भएपछि परीक्षण गराउँदा बूढानीलकण्ठ नगरपालिकाका मेयरलाई पनि कोरोना पुष्टि


काठमाडौं, असोज १८ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धवप्रसाद खरेललाई काेराेना सङ्क्रमण पुष्टि भएको छ।

पीसीआर विधिबाट शुक्रबार खरेलको कोरोना परीक्षण गरिएकोमा शनिबार रिपोर्ट पोजेटिभ आएको नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिए।

उनका अनुसार मेयर खरेलका सवारी चालकलाई ५ दिनअघि कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि कन्ट्याक्ट ट्रेसिङमा परेका खरेलले पनि परीक्षण गराएकाे नगरपालिकाले जनाएको छ।

कोरोना सङ्क्रमण देखिए पनि मेयर खरेलको अवस्था सामान्य छ। नगरपालिकाका अनुसार उनमा लक्षणसमेत देखिएको छैन। मेयर खरेल अहिले होम आइसोलेसनमा बसेकाे प्रवक्ता भट्टराईले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस
नेकपाकी सचेतक शान्ता चौधरीले जितिन् कोरोनालाई, भन्छिन् मैले पुनर्जीवन पाएँ’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरीको कोरोना रिपोर्ट नेगेटिभ आएको

प्रदेश १ का आन्तरिक मामिलामन्त्री कार्कीलाई कोरोना संक्रमण

मोरङ, कार्तिक ७ । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई

सुदूरपश्चिममा कोरोनाको उपचार निःशुल्क

कैलाली, सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले प्रदेशमा कोरोना भाइरसको परीक्षण तथा उपचार

धनकुटा जिल्लामा आज सम्मको कोरोना अपडेट यस्तो छ

धनकुटा खबर । धनकुटाका १७ जनाकाे पिसिअार नमूना संकलन गरि कोरोना जाचका लागि

अनलाईन टिभी