धनकुटाका यी युवा जसलाई विदेशको हण्डरले स्वदेशमा उद्यमी बनायो…


मानवी मोक्तान, धनकुटा खबर । “भनिन्छ संर्घष बिनाको मानिसको जीवनको कुनै अर्थ हुँदैन” जुन मान्छेले आफुलाई संर्घषको मैदानमा उतारेर काम गर्छ भने त्यस्ले जीवनमा धेरै प्रगती गर्छ र ढिलो चाडो लक्ष्य हासील गर्न उ सफल हुन्छ , पारिवारिक समस्या र जिम्मेवारीले पाख्रिवास नगरपालिका –९ मजुवाका शुक्रवहादुर राईलाई १८ बर्षको उमेरमा नै वैदेशिक रोजगारीको लागि विदेशी भूमि टेक्न वाध्य बनायो ।

गाउँघरको भौगोलिक विकटता र परिवारको आर्थिक अवस्था कमजोर भएको कारण उनी पैसा कमाउने सपना वुन्दै १५ बर्ष अघि मलेसिया पुगे । छरछिमेकसँग ऋण काढी विदेश पुगेका उनको कमाई राम्रो भएन । महिना भरि काम गरि आएको कमाईले ऋण तिर्न धौंधौं हुन थाल्यो । स्वदेश फर्किने सोच गरे । ऋण काढेर विदेश पुगेका उनलाई ऋण नतिरि स्वदेश फर्कन आँट आएन । तर उनी थाकेनन् । ऋण तिर्न करिव ९ वर्ष मलेसिया वसे । विदेशी मरुभूमिमा जति दुःख गर्दा पनि पेट पाल्नै धौंधौं हुन थालेपछि आफ्नै देशमा फर्कि गाउँघरमा केही उद्यम गर्छु भनि उनी स्वदेश फर्किए ।

घर फर्किए पनि कुन व्यवसाय गर्ने भन्ने विषयमा दोधारमा परे । बुवाले जोडेको २२ रोपनी जग्गामा तरकारी खेती गर्ने सोच पलाए । उनले तरकारीको व्यवसायीक खेती सुरु गरे । गोलभेंडा, सिमी जस्ता तरकारी फलाए पनि बजार सम्म तरकारी पु¥याउन ढुवानी समस्या हुन थाल्यो । कच्ची वाटो हिलाम्ये हुँदा गाडी नचल्दा ताजा तरकारी वारिमै कुहिन थाल्यो । नबिकेर ९ क्वइटल जती लसुन कुहाएर ८ ,९ वर्ष अगाडि बटोमा फ्याकेको अझै सम्झिन्छु , मेहनत सँगै लाखौं रुपैया नोक्सानी भयो । उनले पेशा परिर्वतन तर्फ सोच्न थाले ।

घरैमा परम्परागत रुपमा रहेको वाख्रा पालनलाई व्यवसायिक रुप दिने तर्फ सोच्न थाले । तरकारी खेतीमा गरेको लाखौं रुपैयाको लगानी खेर गएपछि उनले एकै पटक ठूलो रुपमा वाख्रापालन गर्ने योजना बनाएनन् । सुरुवातमा बुवा–आमाको ३÷४ माउ वाट नै वाख्रापालनको सुरुवात गरे । पछि विस्तारै माउको संख्या बढाउँदै लगे । अहिले वाख्रा पालन गर्न थालेको ३ वर्ष भएको छ । तीन वर्षको अवधिमा उनको फार्ममा १ सय भन्दा बढी स्थानीय देखि उन्नत खालका वाख्रा रहेका छन् । झण्डै ६० ओटा वाख्राको माउ छन् । अझैं संख्या बढाउने उनको सोच छ । वाख्रापालनबाट बार्षिक ३ लाख रुपैया आम्दानी हुने उनी बताउँछन् । उनले ३ लाख रुपैया खर्चेर ढलान गरेको आधुनिक तथा व्यवस्थित खोर बनाएका छन् ।

उनले वाख्रा पालन सँगै माहुरी पालन समेत गर्दै आइरहेका छन् । घरमा रहेको २ वडा मुढेघारवाट ४ वर्ष अघिबाट माहुरीपालन सुरु गरेका हुन् । पछि थप्दै ६० ओटामा मुढेघार (परम्परागत मौरी घार) बनाएर माहुरीपालन विस्तार गरे । मौरी पालन गर्दा शुन्य लगानीमा मनग्य आम्दानी हुने भएकाले गर्दा विस्तार गरे । एक सिजनमा डेढसय किलो सम्म मह उत्पादन हुने र विक्री वाट झण्डै डेढ लाख रुपैया आम्दानी हुने उनको भनाई छ ।

गाउँघरमा व्यवसायिक यूवा कृषकको रुपमा नाम कहलिन थालेपछि पाख्रिवास नगरपालिकाको कृषि शाखाले उनलाई २ थान मौरी घार अनुदानको रुप्मा उपलब्ध गराएको थियो । त्यसपछि उनले परम्परागत मुढेघारलाई विस्थापन गर्दै आधुनिक घारमा मौरी पालन सुरु गरे । पूनः २० थान मौरीघार सहयोग पाएपछि आधुनिक घारमा मौरी पालन व्यवसाय अगाढि बढाउन हौसला मिलेको उनले बताए । उनले ७० वटा आधुनिक घारमा मौरी पालन गर्दै आइरहेका छन् ।

सिटिईभिटीवाट माहुरी पालन तथा घार निर्माण सम्वन्धी ३ महिने तालिम समेत लिएका छन् । तालिममा व्यवसायिक मौरी पालन सम्वन्धी धेरै कुरा सिक्न पाएको उनको भनाई छ । उनी आफै्रं पनि आधुनिक घार निर्माण गर्छन् । विक्री समेत गर्दै आइरहेका छन् । आधुनिक घार सँगै गोलाघारको माग पनि अत्याधिक छ । आधुनिक घार न्यूनतम ५ देखि ७ हजार सम्म विक्री गर्छन् । भने गोला घार एउटाको १० हजार सम्म विक्री हुने उनको भनाई छ ।

२०७४ सालमा फर्मको स्थापना गरेपनि दुई बर्ष पछि ७६ सालमा मजुवाली एग्रो महिला फार्म दर्ता गरे । सोही फार्म मार्फत अहिले माहुरी तथा माछा पालन गरिरहेका छन् ।

व्यवसायिक रुपमा गर्दै आइरहेको माछापालनलाई विस्तार गर्ने उनको सोच छ । करिव ३ रोपनी क्षेत्रमा ३ओटा ठूला पोखरी बनाएका छन् । सो पोखरीमा अहिले विभिन्न ग्रासकार ,कमनकार प्रजातिका ४ हजार भन्दा बढी माछाका भुर्रा छन् ।

फार्मको आसपास जंगल छ । त्यहाँ चरन क्षेत्रहरु पर्याप्त छन् । फार्ममा रहेका वाख्राहरुलाई चरनको लागि त्यही लैजाने गर्छन् । त्यस्तै माहुरी चराउन पनि उनी जंगल नै लान्छन् । दिनभरी वाख्रा र माहुरी चराउने गरेको उनी बताउँछन् ।

माहुरीको मह विक्री गर्न बजार समस्या छैन । उत्पादीत मह स्थानीय बजार हिले, उत्तरपानी, पाख्रिवासका साथै पूर्वी तराईका धरान, इटहरी सम्म पुग्ने गर्छ । स्थानीय स्तरवाट नै माग धेरै आउने गर्छ । उनी भन्छन् ‘कतिपय अवस्थामा माग धान्न समेत हम्मे–हम्मे पर्छ’ ।

त्यस्तै उन्नत पाठापाठी समेत विक्री गर्दै आइरहेका छन् । बर्षमा ५० ओटा सम्म उन्नत पाठापाठी उत्पादन हुने र विक्री गर्दै आइरहेको उनले बताए । साथै उनले माहुरी ,बाख्रा तथा माछापालन गर्न आफ्नो जमिन थोरै भएका कारण यहि व्यवसाय बाट आफ्नो घरवरिपरि छोडेर बाजोरखेका १५ लाखमा ७० रोपणी जग्गा पनि खरिद गरेकाछन् ।

संचार माध्यमबाट सरकारले विभिन्न अनुदानका कार्यक्रम संचालन गरिरहेको थाहा पाएपनि उनले अहिले सम्म पनि सरकारी अनुदान लिएका छैनन् । सहयोग दिने कुरा थाहा पाएपनि पहूच हुनेलाई मात्र दिँदा रैछन् । त्यही भएर आफैंले ३ लाख रुपैया खर्चेर वाख्रा पालनको लागि आधुनिक तथा व्यवस्थित खोर निर्माण गरेको उनी बताउँछन् । उनले भने‘सरकारी अनुदान पाए अझ विस्तार गर्न सक्थे’

फार्म संचालनको लागि घरका अन्य सदस्यहरुले पनि सहयोग गर्दै आइरहेका छन् । आफू र घरका सदस्य मात्रै फार्म संचालन गर्न सम्भव नभएपछि उनले कामदार राख्ने सोच बनाएका छन् । गाउँघरमा रहेका दक्ष जनशक्तिलाई उचित पारिश्रमिक दिएर काम लगाउने उनको योजना छ ।

विदेश गएर गरेको दुःख सम्झिदा उनलाई अहिले पनि पछुतो लाग्छ । ‘त्यहाँको तातो घाममा काम गर्नुभन्दा स्वदेशमा उद्यम गर्दा धेरै आम्दानी हुँदो रैछ ।’ अचेल उनलाई एकछिन पनि फुर्सद हुँदैन । विदेशको मरुभूमिमा १२ घण्टा खटिदा पनि खान पुग्दैन थियो । आफ्नै गाउँघरमा उद्यम गर्दा विदेशको भन्दा दोब्बर कमाई हुन्छ । परिवार सँगै वस्न पाइएको छ । उनी भन्छन् ‘अब विदेश जान्न, विदेशको हण्डरले स्वदेशमा उद्यम गर्न सिकायो’

प्रतिक्रिया दिनुहोस
बाजागाजाका साथ धनकुटामा पनि भित्राईयो फूलपाती !

धनकुटा खबर । बडादशैंको ७ औं दिन अर्थात आज धनकुटामा समेत नेपाली सेनाको

दशै, तिहार जस्ता चाडपर्वमा कोसेली एवम् उपहारमा स्वास्थ्य समाग्री प्रयोग गर्न धनकुटा उद्योग बाणिज्य संघको सुझाव

धनकुटा खबर । नेपालिहरुले विषेश रुपमा मनाउदै आएको दशै, तिहार जस्ता चाडपर्वमा कोसेली एवम्

धनकुटामा राप्रापा नेपालको जिल्ला कार्य समिति गठन

धनकुटा खबर । राप्रापा नेपालले आज धनकुटा जिल्लामा आफ्नाे २१ सदस्यीय जिल्ला कार्य

सकियो सागुरीगढी धनकुटाको फुटबल प्रतियोगिता – हेर्नुहोस् पुरुष र महिला तर्फ कुन-कुन टीमले ऊचाले उपाधी

धनकुटा खबर । विभिन्न चाडपर्वको अवसरमा सागुरीगढी गाउपालिका वडा नं १ बुडिमोरङ सुलिकोटमा

अनलाईन टिभी