१७ करोडभन्दा बढी मूल्यको अवैध सुन बरामद!


पर्सा । वीरगञ्ज महानगरपालिका वडा नं ५ रेशमकोठीबाट आज पर्सा प्रहरीले रु १७ करोडभन्दा बढी मूल्यको अवैध सुन बरामद गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले गणेश अपार्टमेन्टको ३०३ नम्बर फ्लाटमा छापा मारी २३ किलो २५७ ग्राम सुन बरामद गरेको हो ।

भारत, विहारको रक्सौलस्थित हरैया निवासी अशोक सिन्हा बस्दै आएको फ्ल्याटमा अवैध सुन राखिएको पूर्वसूचनाका आधारमा कारबाही गर्दा एक किलो सय ग्रामलगायत विभिन्न तौलका २३ किलोभन्दा बढी सुन र दुई किलो २६२ ग्राम चाँदीका भाँडा बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा प्रउ पन्तले बन्द फ्ल्याटको दुई दिनसम्म निगरानी गरिए पनि कोही नआएपछि आज जनप्रतिनिधिको रोहबरमा ताल्चा फुटाई जाँच गर्दा उक्त परिमाणका सुन र चाँदी बरामद भएको बताउनुभयो ।

सोक्रममा केही सुनसंँगै जोडिएका केही कागजातसमेत बरामद भएको र अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
रेडपाण्डाको छालासहित चार प,क्राउ

काठमाडौं ।दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जना प क्राउ परेका छन् । प

धनकुटामा ब’ला,त्कारको प्र,यास गर्ने पुरुषको गरिन् महिलाले ह’त्या ! श्रीमान विदेशमा…

धनकुटा खबर ।आफुलाई ब ला,त्कार गर्न खोज्ने पुरुषलाई धनकुटाकी एक महिलाले खु,कुरी प्र’हार

आधा किलो सुनसहित युवक प,क्राउ

कपिलवस्तुबाट भारततर्फ लैजाँदै गरेको आधा किलो अवैध सुनसहित एक युवकलाई प्रहरीले प,क्राउ गरेको

अकूत सम्पत्ति कमाएको अभियोगमा जलस्रोत तथा सिँचाइ विभागका सिडिइ शर्माविरुद्ध मु द्दा

काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा जलस्रोत तथा सिँचाइ

अनलाईन टिभी