जिल्ला प्रशासन कार्यालय धनकुटाले जारी गर्यो यस्तो सुचना


धनकुटा खबर । जिल्ला प्रशासन कार्यलय धनकुटाले यस वर्ष चाड पर्वको समयमा शक्तिपीठ मन्दिर,मस्जिद, चर्च, गुम्वाहरुमा सामूहिक रुपमा भेला भई पूजा पाठ,प्रार्थना,भजन र्कितन तथा कलश यात्रा जस्ता कार्यहरु नर्गन आग्रह गरेको छ । प्रशासनले आज एक सूचना जारी गर्दै त्यस्तो आग्रह गरेको हो ।

जिल्लाका सवै पालिकाहरुमा रहेका शक्तिपीठहरुमा दैनिक रुपमा गरिने नित्य पूजा पाठ र प्रार्थना वाहेकका सामूहिक कार्य रुपमा गर्ने कार्यहरु नगर्न सूचनामा उल्लेख छ । कोरोना भाईरस कोभिड १९ को संक्रमणबाट सर्तक रहन यसअघि चाड पर्वको वेला गरिदै आएका समूहमा भेला भई शूभकामना आदान प्रदान गर्ने,प्रशिक्षण, सभा सम्मेलन जस्ता कार्यहरु समेत नगर्न प्रशासनले सूचना मार्फत आग्रह गरेको छ ।

साथै आज राती १२ वजे देखि कार्तिक १५ गते राती १२ वजे सम्म स्थानिय प्रशासन ऐन २०२८ को दफा ६,३ र संक्रामक रोग ऐन २०२० अनुसार यस्तो शक्तिपीठहरुमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला भरी नै वेलुकी ८ वजे देखी विहान ५ वजे सम्म राजमार्गमा चल्ने लामो दूरी र अत्यावश्यक सेवा वाहेक आवत जावत समेत नगर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि धनकुटाको पाख्रीवासका ६३९ जनाको आवेदन

शर्मिला राई, धनकुटा खबर । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले हाल देशभरका वेरोजगार

समयअवधी भन्दा अघि निर्माण काम सक्ने निर्माण व्यवसायी पुरस्कृत

धनकुटा खबर । तोकिएको समय भन्दा अगाडि काम सक्ने धनकुटाका एक जना निर्माण

धनकुटा सहिदभुमीका किसानलाई गहुँको बिउ र विधुतिय चार्जर स्प्रेयर वितरण

धनकुटा । धनकुटाको सहिदभुमी गााउ पालिका कृषि शाखाबाट पहिलो चौमासिक कार्यक्रम अन्तरगत किसानलाई

धनकुटाको थप तीन जनामा आज कोरोना संक्रमण पुष्टि

धनकुटा ।  धनकुटाको थप तीन जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ ।

अनलाईन टिभी