धनकुटाका थप ५ जना सहित प्रदेश-१ का ५५६ जनामा कोरोना संक्रमण पुष्टि


विराटनगर । आज धनकुटाका ५ जना सहित प्रदेश १ का ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार धनकुटाको धनकुटा नगरपालिकामा ३, साँगुरीगढी र छथरमा १–१ गरि जम्मा ५ जना, मोरंगमा २ सय ४२, सुनसरीमा १ सय ९९, झापामा ७७, उदयपुरमा ६, संखुवासभामा ४, खोटाङ र ते¥हथुममा ३–३ र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै विराटनगरमा १ सय ७१ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ६४ महिला र १ सय ७ पुरुष छन् । मोरंगको उर्लाबारीमा १३, सुन्दरहरैचामा १२, बेलबारीमा ९, पथरीशनिश्चरेमा ८, मिक्लाजुङमा ५, बुढीगंगा र रतुवामाईमा ४–४, सुनबर्षी र कटहरीमा ३–३, रंगेली, केराबारी, कानेपोखरी र लेटाङमा २–२, ग्रामथान र जहदामा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको इटहरीमा ९७, धरानमा ६६, इनरुवामा २१, दुहवी, रामधुनी र गढीमा ३–३, बराहक्षेत्रमा २, बर्जु, देवानगञ्ज, कोशी र भोक्राहानरसिंहमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको दमकमा २७, मेचीनगरमा ११, गौरादह र विर्तामोडमा १०–१०, शिवसताक्षीमा ५, कमल गाउँपालिकामा ३, अर्जुनधारा, बुद्धशान्ति र कनकाईमा २–२, भद्रपुर र बा¥हदशीमा १–१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

उदयपुरको चौदण्डीगएमा ३, कटारीमा २ र त्रियुगामा १, संखुवासभाको चैनपुर र मकालुमा २–२, खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा १ र स्थानीय तह नखुलेका २, ते¥हथुमको लालीगुराँसमा २ र म्याङलुङमा १ र प्रदेश १ बाहिरका १७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८ हजार २ सय ५० पुगेको छ । यो प्रदेशमा आज ६ सय ९५ जना डिस्चार्ज भएका छन् ।

होमआईसोलेसनबाट ६८०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ११ र मेची अस्पतालबाट ४ जना डिस्चार्ज भएका हुन । अहिले सम्म १० हजार १ सय ३८ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा आज १ हजार २ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २ सय १९ महिला र ३ सय ३७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । अहिलेसम्म १ लाख ५६ हजार ५ सय ४६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
प्रदेश १ मा थपिए २२० कोरोना सङ्क्रमित

विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा २२० जना कोरोना सङ्क्रमित

युमा साम्यो महासभाको सङ््गठन विस्तार जारी

धरान / राष्ट्रिय जनगणना २०७८ मा युमा धर्मलाई उल्लेख गराउन सक्रिय भएर लागेको

पाँचथरको फालेलुङ गाँउपालिका-४ फालोटमा सशस्त्र प्रहरी बलको बिओपी स्थापना

पाँचथर-फालेलुङ गाउँपालिका-४ फालोटमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ।

दश स्थानीय तहका दुई हजार ३८८ घरमा जस्तापाताको छाना

खोटाङ, मङ्सिर १० गते । खर वा फुसको छाना विस्थापित गर्ने नेपाल सरकारको

अनलाईन टिभी