पद्दति र बिधि भन्दा व्यक्ति शाक्तिशाली बनाउदा नेकपा भित्रको बिवाद उत्कर्षमा।


वीरवल खड्का।
नेकपा भित्रको सबै शक्ति पार्टीको विधानविपरीत दुई नेतामा केन्द्रित गरेर पद र अवसरलाई भागबण्डा मिलाउने र बाड्ने गरि २ अध्यक्षहरु शक्तिशाली भएर पार्टी सञ्चालन गर्दै आए फलस्वरुप पार्टी जीवन सचिवालय,स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमा कुनै पनि बिषय बस्तु भित्र रहेर कुनै पनि समस्याको परिणाम निकाल्न -प्रस्ताब,न-छलफल,न-निर्णय सबै निष्काम बनाउने खाली कुनै बिधान र दुई नेताको मनलाग्दी निर्णयलाई स्वकृति गराउने ड्याप ड्यापे र बैठकमा निदाउने भन्दा बढि कसैको पनि भुमिका देखिएन्न अन्तत् सबैका लागि यो प्रक्रिया स्वाभाविक लागेर चल्यो ।

जब पद र अवसरको भागबण्डामा समस्या देखा पर्‍यो तब दुई नेता हरुको स्वार्थमा टकराव उत्पन्न भयो । यो टकरावको बचाउ गर्न दुबैले आफू पछाडिका स्वार्थ समूहका पात्रहरुलाई लामवद्ध गरे । तर, त्यसरी लामवद्ध गरिएका पात्रहरु स्वयंमा पनि आपसी स्वार्थको टकराव आएपछि अब नेकपामा निकै ठूलो संकट उत्पन्न हुनु विल्कुल स्वाभाविक हो।

लाखौं कार्यकर्ता र जनता शुभचिन्तक, करिब २ तिहाईको जनमत दिएर बिश्वास गरेको नेकपा शत्तासिन राजनीतिक दलमा यसरी समय समयमा विभिन्न बिषयलाई जोडेर बिवाद सतहमा आउनाले गर्दा सबैलाई चिन्ता भएकै छ तर पनि अबका सचेत कार्यकर्ताले हामीले कस्ता खालका पात्रलाई नेतृत्वमा पुर्याउदै छौ भन्ने कुराको अध्यान गर्ने र जिम्मेवारी लिदा र दिदा के कुरालाई आधार लिने र पार्टीमा योगदान र बलिदान गर्नेहरुलाई कसरी व्यबस्थापन गर्दै छौ खाली गुटगत मानसिकताले नेताले तान्ने र लडाउन खेलले गर्दा पार्टीको माथी देखि तल सम्मकै संरचनामा बिभाजन आउने गरि निषेधको राजनीति गर्ने व्यवहार देखीएको छ ।

नेकपा भित्र राजनीति गर्ने र नेताहरु पनि अवसर पाउनको लागि आफ्नो क्षमता योगदान र बलिदानमा बिश्वास गर्दैन्न खाली नेताको पछी लागे अवसर पाईन्छ भन्ने आश्यको बिचारले ग्रशीत छन् जसले गर्दा उनीहरु कसैले पनि आफुलाई निर्णयक बनाउन नसक्नु पनि अहिलेको अवस्था आउनुमा ठुलो हात छ यसरी यस्तै शैलीले गर्दा पार्टीको जीवन ध्वस्त गरियो । गुटको राजनीतिले गर्दा सरकारले गर्ने मनोनित नियक्तिमा समेत मेरा पक्षका मान्छे तेरा पक्षका मान्छे भनेर बिभाजन गरिनु पार्टी भित्रको जिम्मेवारीमा पनि यस्तै भएकाले गर्दानै पटक पटक बिवाद हुने गरेको छ पार्टिको संरचनामा कमिटी प्रणाली लाज ढाक्ने लगौंटीका रुपमा पनि कायम गरिएन ।

विधान र अनुशासनको पालना र त्यसको निगरानी अनुगमन गर्ने सयन्त्रलाई निहीत स्वार्थको चङगुलमा पारियो।नेताको व्यवस्थापन र स्वार्थ पूरा गर्नको लागि जस्ता सुकै निर्णय पनि गर्न पार्टी नेतृत्व तयार हुनु त्यसलाई तलका कुनै पनि कमिटीले खबरदारी गर्न नसक्नु पनि पटक पटक बिवाद जन्मिनुको कारण हो जसले गर्दा आज तोडमोडको सिर्जना गरिदैछ ।न सरकारले पाएको जनमत अनुसार आफ्ना काम कार्वाही जन भावना अनुसार सञ्चालन गर्न सके न पार्टीमा योग्य र सक्षम नेतृत्व उत्पादन गर्न सके तसर्थ यस्ता कमिकमजोरीलाई पहिचान गरेर सबै संगठनात्मक भएर सुधार र एकता गर्न सके मात्र पार्टि एकता र जनभावना अनुरुप सरकार सञ्चालन हुने छ।

अर्को महत्वपूर्ण पाटो पार्टी एकता पश्चात पनि कार्यकर्ता बीच व्यापक छलफल र बहस गरेर प्रशिक्षित नगर्दा आज पनि एक ढिक्का हुन नसकि रहेको अवस्था छ जसरी माथी नेतृत्वमा बिवाद आउने साथ नेता कार्यकर्ता आ- आफ्नै लय र गुटका भजन गाएको सामाजिक सञ्जालमा देख्न सकिन्छ।विगतमा माओवादी मूलतः फौजी संरचना र चिन्तनवाट निर्देशित थियो भने एमाले पूर्णरुपमा संसदीय पार्टीको चरित्रमा थियो ।

यी दुईका वीचमा देखिएको यो भिन्नताले यिनलाई सैद्धान्तिक र बैचारिक बहस धेरै हुनु पर्ने जरुरी थियो तर त्यो गरिएन् दुई अध्यक्षका समीत स्वार्थका वरीपरिका केही मान्छेको समितिको कुरा र दुई अध्यक्षको भलाकुसारीले सबैलाई पन्छाएर एकीकरणको घोषणा गरियो ,एक पार्टीका दुई अध्यक्षलाई प्रमुख पात्रका रुपमा अघि सारेर सारा शक्ति उनीहरुमै केन्द्रीकृत गरेर कम्युनिष्ट पार्टीको आदर्श, इतिहास, जीवन पद्दति, संगठनात्मक सिद्धान्त र कार्यशैलीलाई तिलाञ्जली दिएर गरिएको शक्तिको अत्यधिक केन्द्रीकरणले दई अध्यक्षलाई शक्ति शाली बनाउदा पनि आज बिवाद बढ्ने र सतहमा आएको छ यसको उचित समधान व्यक्ति हैन पद्धति,प्रणाली र नीतिलाई केन्द्र बिन्दुमा राखे छलफल गर्दै अभिलम्ब महाधिवेशनमा गए मात्र पार्टि एकताले मुर्तरुप पाउने स्विकार्य नेतृत्वको अभ्यास गरे मात्र पार्टी एकता टिक्ने छ।

प्रतिक्रिया दिनुहोस
श्रद्धेय गुरु मनोजकुमार राई अब सम्झनामा मात्र

जीवनमा धेरै मान्छेहरुसग संगत हुने गर्छ र सबैलाई स्मरण गर्न पनि सकिदैन तर

“कार्यकारी अध्यक्षको एकलौटी प्रतिबेदनले पक्ष,विपक्ष बिभाजन गर्दा नेकपा भित्रको बिवाद सतहमा ल्याईदियो”

पार्टि नीति नियम सहितको विधि र पद्धति भित्रको अनुशासनबाट चलेको हुन्छ। वैचारिक,राजनैति र

नेतृत्वका नेताले त्याग नगरी अब आ-आफ्नै अडान बाट निर्णय खोजीए नेकपा गम्भीर संकटमा

वीरबल खड्का,धनकुटा। २०४६ पछिको पहिलो जननिर्वाचित सरकारका शक्तिशाली प्रधानमन्त्री भएका थिए– गिरिजाप्रसाद कोइराला जसरी

अनलाईन टिभी