धनकुटाको पाख्रीवास नगरपालिकाले ४ महिनामा १३ लाख वढी राजश्व संकलन गर्यो


शर्मिला राई, धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिकाले चालु आर्थिक वर्षको प्रथम चौमासिकमा १३ लाख वढी राजश्व संकलन गरेको छ । श्रावण महिना देखी कार्तिक ५ गते सम्ममा १३ लाख ५ सय १ रुपयाँ राजश्व संकलन भएको नगरको राजश्व शाखाले जनाएको छ ।

१० वटा वडा रहेको यस नगपालिकाको अहिले सम्मको तथ्यांकलाई हेर्दा सबै भन्दा वढी ६ नं वडाबाट २ लाख ७४ हजार १ सय २५ रुपयाँ राजश्व संकलन भएको छ भने वडा नं ३ बाट २ लाख ६९ हजार ६ सय ९९ रुपयाँ राजश्व संकलन भएको छ ।

त्यस्तै वडा नं ४ बाट २ लाख ४७ हजार ९ सय ५३, नगरको राजश्व शाखा काउण्टरबाट मा १ लाख ७४ हजार ८ सय ४४,वडा नं ९ मा १ लाख १६ हजार ८ सय ४१, वडा नं १ बाट ६२ हजार ५ सय ७२, वडा नं २ बाट ५७ हजार ८ सय ४०, वडा नं ५ बाट ५१ हजार ९ सय ९८, वडा नं ८ बाट ३९ हजार ३ सय ९३ र ७ नं वडा बाट ५ हजार २ सय ३६ रुपयाँ राजश्व संकलन भएको छ । १० नं वडाको राजश्व भने जम्मा हुन बाँकी रहेको राजश्व शाखा प्रमुख खेम चन्द्र वस्तिले जानकारी दिनुभयो । यद्यपी गत वर्षको तुलनामा यो वर्षको चौमासिकमा कम राजश्व संकलन भएको उहाँले वताउनु भयो ।

कोरोना महामारीको कारण विभिन्न संघ संस्था तथा व्यापार व्यवसाय बन्द हुँदा राजश्व संकलनमा गिरावट आएको उहाँले वताउनु भयो । तर गत वर्षको यो अवधिको तथ्यांक नरहेको कारण यति नै गिरावट आएको भन्ने यकिन साथ नसकिने उहाको भनाई छ । यसैवीच चालु आर्थिक वर्षमा पाख्रीवास नगरपालिकाले विभिन्न कर सेवा शूल्क दस्तुरमा छुट दिईरहेको नगर प्रमुख वृष वहादुर राईले वताउनुभएको छ ।

२०७७ पौष मसान्त सम्म नगरमा वुझाउनु पर्ने राजश्व तथा कर वुझाउन अनुरोध गर्दै नयाँ व्यवसाय दर्ता शूल्कमा ३० प्रतिशत, व्यवसायको अघिल्लो आर्थिक वर्षहरुको बाँकी वक्यौताको जरिवाना रकममा ८० प्रतिशत, गोलिया र फेन्टा काठ निकासीमा हालको मूल्य दररेटमा ६० प्रतिशत,बाँस निकासीमा हालको मूल्य दररेटमा ५० प्रतिशत र सम्पत्तिकर वा मालपोत तथा भूमि करको गत आर्थिक वर्षको जरिवानामा ८० प्रतिशत छुट दिईरहेको नगर प्रमुख राईले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
सहिदभूमी गाउपालिकाको वडा नं १ लाई सूर्य वहादुर थापा प्रतिष्ठानद्वारा एम्बुलेन्स प्रदान

धनकुटा खबर । धनकुटाको अत्यन्तै दुर्गम तथा विकट सहिदभूमी गाउपालिकाको वडा नंं. १

पाख्रीबास नगरपालिकाले वडा सदस्य तथा नगरसभा सदस्य दर्जीको निधनमा शोक विदा दिने निर्णय किन ढिलो ?

धनकुटा ।धनकुटाको पाख्रीबास नगारपालिका वडा नम्बर ९ का दलित वडा सदस्य तथा नगरसभा

२१ गते आईतवार धनकुटाको पाख्रीवास नगरकार्यपालिकाको कार्यलय, वडा कार्यलय तथा शाखा कार्यलयहरु विदा हुने

धनकुटा  खबर । मंशिर २१ गते आईतवार धनकुटाको पाख्रीवास नगरकार्यपालिकाको कार्यलय, वडा कार्यलय तथा

धनकुटामा थपिए आज एक संक्रमित

धनकुटा । धनकुटाका १ सहित प्रदेश १ मा आज १ सय ३५ जना कोरोना

अनलाईन टिभी