एक वर्षपछि नेपाली टोली फुटबल प्रतियोगिता खेल्दै


काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली एक वर्षपछि आज प्रतियोगिता खेल्दै छ । राष्ट्रिय फुटबल टोलीले आज साँझ ढाकामा बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

उक्त खेल नेपाली समयअनुसार साँझ पौने पाँच बजे हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । नेपालले गत वर्षको नोभेम्बरमा विश्वकप छनोटअन्तर्गत कुबेतसित फुटबल खेलेको थियो । नेपाल सो खेलमा कुबेतसित १–० गोलले पराजित भएको थियो ।

कोरोना भाइरसको महामारीका कारण त्यसपछि नेपालले कुनै पनि प्रतियोगिता खेल्न सकेको थिएन । महामारीकै बीच बङ्गलादेशले नेपाललाई दुई मैत्रीपूर्ण खेलका लागि निम्तो दिएको हो ।

नेपाल र बङ्गलादेशबीच अर्को मैत्रीपूर्ण खेल आगामी मङ्सिर २ गते हुनेछ । दुवै देश सन् २०१८ को सेप्टेम्बरमा साफ च्याम्पियनसिपमा भिडेका थिए । उक्त प्रतियोगितामा नेपालले बङ्गलादेशलाई २–० गोलले पराजित गरेको थियो ।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले त्यसको तयारीका लागि बङ्गलादेशसित मैत्रीपूर्ण खेल खेल्न लागेको हो । बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीसहित ३४ जनाको टोली हाल बङ्गलादेशको ढाकामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
पीएम कप क्रिकेट : सुदूरपश्चिमको छनोट तालिका सार्वजनिक

बैतडी/प्रधानमन्त्री कप (पीएम) एकदिवसीय पुरुष तथा महिला क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको प्रदेशस्तरीय छनोटको

सकियो सागुरीगढी धनकुटाको फुटबल प्रतियोगिता – हेर्नुहोस् पुरुष र महिला तर्फ कुन-कुन टीमले ऊचाले उपाधी

धनकुटा खबर । विभिन्न चाडपर्वको अवसरमा सागुरीगढी गाउपालिका वडा नं १ बुडिमोरङ सुलिकोटमा

धनकुटाको सागुरीगढीमा फुटबल जारी – हेर्नुहोस् कुन-कुन टीम फाईनलमा पुगे ?

धनकुटा खबर । धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं १ सुलिकोटमा विभिन्न चाड पर्वको

धनकुटाको सागुरीगढीमा जारी फुटवलः आज ६ खेल भए, हेर्नुहोस् कुन-कुन टिम विजयी बने?

धनकुटा खबर । विभिन्न चाड पर्वको अवसरमा धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं १

अनलाईन टिभी