घरमा चक्कर लागेपछि उपचारका लागि अस्पताल पुगेका नेकपा नेता बोम खड्काको मृ त्यु


तम्घास । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य बोम खड्काको निधन भएको छ। गए राति १ बजेतिर घरमा चक्कर लागेपछि उपचारका लागि तम्घास अस्पतालमा ल्याउँदै गर्दा २ बजे उनको निधन भएको हो।

नेता खड्का राजनीतिक तथा सामाजिक दृष्टिले उचाइमा पुगेका व्यक्ति हुनुहुन्छ। विसं २०२३ असारमा धुर्कोट गाउँपालिका–१ नयाँगाउँमा जन्मिएका खड्का सानैदेखि राजनीतिमा चासो राख्ने व्यक्ति थिए।

उनले विसं २०४१ भन्दा अगाडि नै रेसुङ्गा बहुमुखी क्याम्पसमा नेकपा (माले) निकट विद्यार्थीको सङ्गठनमा आबद्ध भई सङ्गठन निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए । उनी विसं २०४१ मा नेकपा (माले)को जिल्ला कमिटी सदस्य र विसं २०४९ मा मालेकै जिल्ला कमिटी उपसचिव थिए। त्यसपछि नेकपा एमाले भइसकेपछि सङ्गठन विभाग प्रमुख हुँदै एमालेकै जिल्ला अध्यक्ष पनि भए।

अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य तथा गुल्मी निर्वाचन क्षेत्र नं २ का इन्चार्जको जिम्मेवारीमा थिए। नेता खड्का जनयुद्धको समयमा पटक–पटक प्रहरीको पक्राउमा परेको, कांग्रेससँगको भीडन्तमा घाइते भएको तथा धेरैपटक यातनाको सामना गरेको नेकपा जिल्ला कमिटी कार्यालय सदस्य कृष्ण सुनारले जानकारी दिए। अहिले भने नेता खड्काले धुर्कोट नयाँगाउँमै कुखुरा तथा टर्कीपालन गर्दै आएका थिए । खड्काका एक छोरा र एक छोरी छन्। रासस

प्रतिक्रिया दिनुहोस
जीवनरक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्नु हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण मानवजगत् सङ्कटमा रहेका अवस्थामा जीवनरक्षक खोप

अर्थमन्त्रालयको फेरि निर्देशन– तीन दिनभित्र कोरोना बीमा भुक्तानी गर्नू

काठमाडौँ । अर्थ मन्त्रालयले कोरोना बीमाको दाबी भुक्तानी तीन दिनभित्र गरिसक्ने व्यवस्था मिलाउन

भक्तपुरको ऐतिहासिक रानीपोखरी पुनःनिर्माणसम्बन्धी प्रतिवेदन तयार

भक्तपुर/भक्तपुरको ऐतिहासिक रानीपोखरीको पुनःनिर्माणसम्बन्धी प्रतिवेदन तयार भएको छ । भक्तपुर नगरपालिका–१, सल्लाघारीस्थित ऐतिहासिक

गुणस्तरहीन तोरी तेल उत्पादन गर्ने कैलाश उद्योगमा सिल

काठमाडौं । अमलेखगञ्ज–हेटौँडा सडकखण्डमा लामो समयदेखि बन्द रहेको उद्योगमा अखाद्य वस्तु मिसावट गरी

अनलाईन टिभी