“कार्यकारी अध्यक्षको एकलौटी प्रतिबेदनले पक्ष,विपक्ष बिभाजन गर्दा नेकपा भित्रको बिवाद सतहमा ल्याईदियो”


पार्टि नीति नियम सहितको विधि र पद्धति भित्रको अनुशासनबाट चलेको हुन्छ। वैचारिक,राजनैति र संगठनात्मक धरातल, कम्युनिष्ट पार्टिका आधार स्तम्भ हुन यसरीनै नेपालका दुई फरक फरक पृष्ठभूमिबाट आएका बाम घटक हरु चुनाबी एकता हुँदै पार्टी एकीकरण सम्म पुगेर जनताबाट करिब दुई तिहाईको बहुमत पाएर सरकार सञ्चालन गरि रहेको समयमा एक आपसमा नेतृत्व पंक्तिमा केहिले पार्टी र कहिले सरकारका बिषयलाई लिएर पटक पटक बिवादमा आउने गर्छन यसरी एकताको महाधिवेशनबाट सबै कुरा टुंगो लगाउने निष्कर्षमा पुग्दा पनि केही समय आपसी सम्झदारी बाट निकास खोजे पनि पुन फेरी समस्यामा भलझाउने काम गरिन्छ।

जहिले पनि समस्या सार्ने तर टार्ने तिर कोही पनि लागेन्न पार्टिका पहिलो अध्यक्ष ओलीको सरकार सञ्चालनका बिषयनै पहिलो कारक किन बनिरहेको छ सिङ्गो मन्त्री मण्डल भित्र नेकपाका सबै काम गर्न सक्ने प्रभावशाली नेताहरुको नेतृत्वमा रहदा पनि किन जनचहाना अनुसार काम हुन सकेन्न पार्टीको सहयोग सरकार सञ्चालनमा नभएको हो कि? एकले अर्कोलाई असफल बनाएर आफु सफल हुने आफु भित्रै पक्ष प्रतिपक्ष हुने सस्कारको अन्तय हुन जरुरी छ ताकी बिश्वनेै आसाधरण परिस्थिति रहेको समयमा नेपालमा आफ्नै सत्तापक्षका दलका नेता वीच लिखीत रुपमा आरोप प्रती आरोपको चरणमा पुग्नु निस्चयनै द:खद र निराशाजनक रहेको छ।

यो विषम परिस्थितिमा जनताको जीवन सुरक्षा गर्ने नीति तथा कार्यक्रमको छलफल तथा योजना र जनपक्ष निर्णयहरु साथ कार्यन्वनमा आउनु पर्ने हो तर आज यसको बिपरित एक अर्कोलाई राजीनामा र आरोप प्रती आरोपमा पुगेको छ यसरी लेनदेन जालिझेली नेतृत्व हुनु नेकपा का लागि भयानक खतरा भएर आएको देखिन्छ।

पार्टी भित्र ल्याईने कुनै पनि प्रस्ताव तथा प्रतिवेदन र बैठक आवन मुलत दुबै अध्यक्षको सहमति र आवश्यकताले गरिन्छ भनेर स्पष्ट बिधानमा उल्लेखित हुदा पनि पार्टी बिधान बिपरित छलफल र आपसी परामर्श बाट निकास नखोजी एक पक्ष तरिकाले नेतृत्वका जिम्मेवार सचिवालय सदस्यहरु स्वयम पटक पटक विभिन्न समस्यालाई देखाएर समधान तिर भन्दा पनि पदको लोभले पार्टी तथा सरकारको नेतृत्वमा ओलीलाई स्विकार गर्न सकेका थिएन्न यस्तै बिभाजीत मानसिकताले भरिएका कुण्ठा पोखे जसरी कसैको पार्टी सुकेको र कसैको गुट सुकेको बदलमा पार्टी एकता बिपरित प्रस्तुत प्रचण्ड प्रतिबेदनले आच पुर्याएको छ यो एक किसीमको अभियोग पत्रको रुपमा चित्रण गर्दा के यसले नेकपा भित्र कल्याण गर्ला त ?

निश्चयनै पार्टीका कार्यकारी अध्यक्षले प्रतिबेदनमा शब्द राम्रा जन पक्ष भए पनि सत्य र तथ्य भन्दा बहिर रहेर एक पक्ष तबरले प्रस्तुत गर्नुनै पार्टी बिधान पद्धति र एकता बिरोधी बाटोको रुपमा बुझिएको छ जसलाई फिर्ता गर्दै सयुत्त तबर बाट दुबै अध्यक्षको सयुत्त प्रतिबेदननै आउनु पर्छ पार्टीका सम्पुर्ण कमिटीलाई चलायमान बनाउनु नैअहिले आवश्यकता हो जसरी पार्टी एकता देखी आज सम्मका अवस्था हेर्ने हो भने विभिन्न भातृसंगठन भित्रको वहस पछी राजनैतिक दृष्टिकोण र एकता संगठन वनाउने अभ्यास कहाँ गर्यौ?एकता को जग वलियो बनाउने काममा सिङ्गो नेतृत्व सामेल हुनु पर्ने समयमा खुल्ला रुपमा बिरोध निष्किने कामले भोलीको सुन्दर भविष्य देश र जनताको बिकास र समृद्धिको सपना देखेर त्यसलाई सकार पर्न सक्ने नेतृत्व र असल बिचारलाई प्रण गरेर उज्यालो बाटो र गन्तव्य देखेर मत हाल्ने जनता र सिङ्गो पार्टी कार्यकर्तालाई अब नेतृत्वले जवाफ दिनु पर्छ यदि यस्तै किसीमका पक्ष बिपक्ष भएर आरोप प्रतिआरोप गरेको खण्डमा हिजो राणा,राजा पञ्चायत जजसरी नामका कम्युनिष्ट थिए रे भन्ने ईतिहासको एउटा अध्यायमा सिमीत रहने छौ।
समयमै नेतृत्वले बुझ्नु पर्छ।
-वीरबल खड्का/धनकुटा हाल:कतार

प्रतिक्रिया दिनुहोस
श्रद्धेय गुरु मनोजकुमार राई अब सम्झनामा मात्र

जीवनमा धेरै मान्छेहरुसग संगत हुने गर्छ र सबैलाई स्मरण गर्न पनि सकिदैन तर

नेतृत्वका नेताले त्याग नगरी अब आ-आफ्नै अडान बाट निर्णय खोजीए नेकपा गम्भीर संकटमा

वीरबल खड्का,धनकुटा। २०४६ पछिको पहिलो जननिर्वाचित सरकारका शक्तिशाली प्रधानमन्त्री भएका थिए– गिरिजाप्रसाद कोइराला जसरी

तिहारको मनोवैज्ञानिक पक्ष र महत्त्व

गोपाल ढकाल, मनोविद बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईसरको असर शारीरिक तथा मानसिक स्बास्थ्यमा

अनलाईन टिभी